अस्पताल पुगेर पुर्व सांसद शाहले गरे युवानेता मल्लको स्वास्थ्य लाभको कामना

जाजरकोटका पुर्व सांसद तथा सामाजसेवी राजिब बिक्रम शाहले जाजरकोटका युवानेता केबी मल्ललाई ललितपुर धापाखेलस्थित सुमेरू अस्पतालमा पुगेर स्वास्थ्य लाभको कामना गरेका छन । 

 दुबै मृगौलाले काम गर्न नसक्ने अबस्थामा पुगेपछि युवानेता मल्ल अस्पताल भर्न भएका थिए । मल्लको बिषयमा जानकारी पाइसकेपछि पुर्व सांसद तथा सामाजसेवी शाह अस्पताल पुगेका हुन । 

सांसद शाहसंगै नेपाली काँग्रेस जाजरकोटका सचिव तथा युवा नेता खडक बिसी र रामजंग शाह समेत अस्पताल पुगेका थिए ।  नेपाली काँग्रेसका नेता समेत रहेका शाह हर जाजरकोटी जनताको दुखसुखमा उभिने बताउदै शाहले मल्लको उपचारमा एक लाख उपचार खर्च समेत उपलब्ध गराउने घोषणा गरेका छन ।

उनले मल्लको स्वास्थ्य लाभको कामना गर्नुका साथै प्रक्रियागत सहयोग समेत गर्ने बताएका छन । जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए ।

जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय सशक्त युवा नेताका रुपमा देखिएका मल्ल एक वर्षदेखि मृगौला रोगबाट पीडित छन् । चिकित्सकका अनुसार उनको दुबै मृगौला ८० प्रतिशत काम गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

केही महिना पहिले वीर अस्पतालमा जाँच गर्दा मृगौला रोगका लागि परिक्षण गरिने क्रिटीनाइन इन्डिकेटर ५ रहेकोमा मंगलबार फेरि चेक गराउँदा बढेर १५ पुगेको पाइएको छ । 

स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि उनलाई काठमाडौं अस्पतालको आइसियु कक्षमा राखिएको छ । उनको मंगलबार आइसियुमा राखेर डाइलाइसिस गरिएको छ । मल्लले सधै पार्टी र आन्दोलनका लागि दिन रात खट्दा अहिले स्वास्थ्यमा खराबी आएको बताए । उनी जनयुद्धकालमै जाजरकोटको विद्यार्थी आन्दोलनको नेतृत्व गरेर आएका नेता हुन् ।

मृगौलामा केही समस्या देखिए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा अहिले गम्भीर अवस्था आएको उनले बताए । चिकित्सकका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि ठूलो रकम लाग्ने बताइन्छ ।

उनको उपचारमा लागेका मल्लका भाइ टेकराज मल्लले आफ्ना दाजुको मृगौला प्रत्यारोपणका लागि सहयोग गरिदिन देशविदेशमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।