नेपाली सेनाले भन्यो – विप्लवमाथि बल प्रयोग होइन,राजनीतिक समाधान खोज

काठमाडौं । नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुन सक्ने जनाएको छ । नेकपामाथि प्रतिवन्ध लगाउनुअघि नै सेनाले विप्लव समूहका असन्तुष्टिमाथि राजनीतिक तबरबाट समाधान खोज्न उपर्युक्त हुने सुझाब सरकारलाई दिएको हो । 

असन्तुष्ट समूहलाई दमन गरेर नियन्त्रणमा लिनेभन्दा अर्को बाटो नै उपयुक्त हुन्छ भन्ने सुझाब सरकारलाई दिएको श्रोतको दाबी छ ।

सीके राउतको विखण्डनकारी ऐजेण्डासमेत राजनीतिक रुपमबाटै व्यवस्थापन भएको भन्दै सेनाले विप्लव समूहलाई पनि सोही अनुसार व्यवहार गर्नु उपर्युक्त हुने जनाएको छ । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।