सिके राउतको कार्यकर्तालाई निर्देशन- बैठकमा नागरिकता ल्याएरमात्र आउनु

सिके राउतले आफना कार्यकर्तालाइ बैठकमा नागरिकता ल्याएर आउन निर्देशन दिएका छन । उनलेले आजदेखि सिरहाको लहानमा सुरू हुने राष्ट्रिय परिषद् बैठकको बैठकमा नागरिकता ल्याएर मात्रै आउन निर्देशन दिएका हुन ।

सोमबारसम्म चल्ने बैठकमा नेपाल सरकार र गठबन्धनबीच भएको ११ बुँदे सम्झौताको जानकारी गराउने र अब कसरी अघि बढ्ने भन्ने रणनीति तयार गर्ने गठबन्धनले जनाएको छ।

बैठकमा सहभागी हुनेले अनिवार्य नागरिकता साथमा लिएर जानु पर्ने भएको छ। ‘सहभागी साथीहरूलाई अनुरोध छ, कृपया आफ्नो नागरिकताको प्रमाणपत्र साथमा लिएर आउनुहोला,’ राउतले फेसबुकमा पोस्ट गरेको सूचनामा उल्लेख छ।

हिन्दीमा सूचना पोस्ट गरेर राउतले भनेका छन्, ‘यो बैठक आकस्मिक रूपमा राखिएकोले जिल्लाका सीमित सदस्यमात्रै बोलाइएको छ। केही साथीहरू छुट्नु भए दु:ख नमान्नुहोला। छिट्टै विस्तारित बैठक र भेटघाटका कार्यक्रम सुरू हुनेछ।’