सरकारले विप्लव माथिको प्रतिबन्ध तत्काल फिर्ता लिन लिनुपर्छ

बिदेशिएका एक पुर्व लडाकुको अनुरोध

नेपाली जनप्रगतिशील मोर्चा मलेसियाले नेकपा माथिको प्रतिबन्ध तत्काल फिर्ता गर्न सरकारसँग जोडदार माग गरेको छ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धलाई अपरिपक्क निर्णय भन्दै चौतर्फी आलोचना भईरहेको बेला जनप्रगतिशील मोर्चाको केन्द्रीय समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले राजनैतिक पार्टीलाई प्रतिबन्ध गरेर असली फाँसीवादी चरित्र उदांगो पारेको बताएको हो ।

जनप्रगतिशिल मोर्चाले संस्थागत हिसाबले बताउनु भनेको सिगो प्रगतिशिल युवाहरुले बताउनु हो ।
यतिबेला मुलुक भयानाक संकटतर्फ उन्मुख भएको छ ।

देशैभरी प्रहरी अप्रेशन, दमन, धरपकड, यातना र गिरफ्तार गरी सरकारले अर्काे ‘किलो सेरा टु’ को प्रतिछायामा युद्धको घोषणा गरेको छ । सरकार क्रान्तिकारी शक्तिलाई दवाउदै राज्यको कर छली र अपचलन गर्ने, कालोबजारी, मानव तस्कर, सिन्डिकेट माफियाको पक्षमा वकालत गरिहेको छ । उसका गतिविधिले प्रमाणीत गरिरहेका छन् ।

दमन भनेको कुशासनमा भैरहने हस्तक्षप हो भने उत्पीडन अलिक ठुलाले सानालाई दबाउने र सोस्ने प्रवृत्ति हो ।

आज तिनै पिल्सिएका र उत्पीडनमा चेपिरहेका हाम्रा नेपाल जनताहरु नै हुन् विद्रोही भएका छन । गाउँवस्तीमा नेपाल कम्युनिस्ट पाटीले सभा समारोह गर्दैगर्दा परिवर्तन अधुरो भयो भनेर भनिरहेका छौँ । १२ बुँदे सम्झौता टुंगिएको पनि एक दशक भैसकेको छ ।

जनयुद्धले स्थापित गरेका मुद्धाहरले मुलुक संघिय गणतनत्रमा गएको छ । तर जनयुद्धबाट आएका उपलब्धीहरुलाई भित्तामा पुर्याइएका छन । सहिदका परिवार,बेपत्ताका परिवार ,घाइतेका परिवारहरु जो आज धरौटी भएका छन । आफैले ल्याएको परिवर्तनको शिकार भएका छन।

हिजो जे भनेर जनताका छोराछोरीहरु बन्दुक बोक्न विवश भए,काल कोठारी झैँ लाग्ने नारकीय यातनाहरु भोग्न विवश भए तिनै अहिलेपनि राज्य ब्यवस्थाको शिकार भएका छन । हामी यति कुराको खबरदारी गछौँ । 

जो अहलिे संसदीय व्यवस्थाको ठेकेदार छन उनिहरुले गम्भीर भएर सोच्न जरुरी छ । यो पुजीवादी राज्य ब्यबस्थाले अहिले पनि केहि परिर्बतन चाहने साथीहरूलाई दमन धरपकट गरेको छ । देश र जनताको राष्ट्र भक्तिको आजाव बुलन्द गर्दा जेलनेल भोग्न बाध्य छन । यसले पक्कै पनि राम्रो गर्दैन । दमनले सत्ता टिकेको इतिहाँस दुनियामा कतै छैन ।
पंक्तिहरु जति कोरेपनि त्यहि हो ।

दमनको पूर्ण अन्त्य सशस्त्र क्रान्तिको बिकल्प त छैन । अबस्था त्यस्तो नआवस भन्ने हाम्रो चाह हो । हामीले सोचेका थियौँ । ,हिजोको रणभूमिले मुलुक परिर्बतन गर्ला भन्ने अपेक्षा थियो तर त्यस्तो हुन सकेन । एउटा राजाको अन्त त भयो झन छोटे राजाहरुको बाहुल्यता बढेर गयो ।

त्यो रक्तनदिनबाट शान्तिको सेतो फूल फुल्नेछ ,जनताको राज्यसत्ता स्थापित हुनेछ ,सेना सहितको कम्युनिष्ट पार्टी र पुरै नेपाली सेनाले आफ्नो नाममा परिवर्तन गरि जनमुक्ति सेना नेपाल राख्ने छ र आजको व्यवस्थामा सशक्तीकरण सफल हुनेछ भन्ने अपेक्षा हो । त्यो कुरा पुरा भएन भयन नेपाली जनताको छातिमा त्रिसुल रोपियो ।

नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष बिप्लब हुनुहुन्छ । उहाँ नेपाली उत्पीडीत जनताको भरोसाको केन्द्रबिन्दू हुनुहुन्छ ।

जनताको जनसत्ता बनेको छ । गाउँगाउमा जनसरकार हुनेछन। प्रचण्डले माओबाद र साम्यवादको लोगो हसिया हथौडालाई बेचेर खाए । ,जनयुद्दलाई बिलय गरि उनिहरु जबजलाई प्रधान मान्नेहरुको कित्तामा उभिएका छन । अझ यसो भनौँ एमाले समुहमा गएका छन ।

हिजोको बलिदानीबाट प्राप्त मिठो उपलव्धि बुझाइयो दलालीकरण गरियो । प्रचण्डका पछिल्ला अभिब्यक्तीले निक्कै शसंकित र चिन्तित बनाएका छन । उनि के बोल्छन र के गर्छन भन्ने कुरा कसैले हेक्का राख्न सक्दैन । 

अलिकति पनि जनयुद्धको चेत नभएर बोलेको देखिन्छ ।

उनको एमालेसंगको एकता वास्तवमा त्यो नीतिगत एकता थिएन । पदिय प्रलोभनमा भएको एकता हाल लाभ र बिलापमा परिणत त हुदै गएको छ। जनयुद्धको बिरताको इतिहाँस महान जनमुक्ति सेना घाइते अपाङगको अबस्थालाई नदिको किनारमा छोडेर उनि बैतरणी गएका छन ।

एमाले एमाले नभएर मुलुकको दलाल पार्टी हो । यो मुलुकको भाइरस दल हो । यसैले पक्षाएका कुनै पनि निति मुलुकको पक्षमा देखिदैनन । एमालेको मर्म हावी भैरहेको कारण यो पंक्तिकार अलिक फरक मत राख्दै पछिपछि अहिले निन्याउरो हुनु परेको छ । 

मलाइ लाग्छ

एकीकृत जनक्रान्ति नेपाली नेपाली क्रान्तिको एक फरक र मौलीक मोडल हो । कसैलाई लाग्नसक्छ यो दोस्रो जनयुद्ध हो । त्यसो लाग्नु पनि अस्वभाविक हैन ।

यसो भनिरहँदा पंक्तिकारले नेपाल कम्युनिस्ट पाटी बिप्लव तिर पोजिटिभ ध्यानाकर्षण गरेको सत्य हो । सरकारद्वारा एकतर्फी युद्ध घोषणाको आभाष हुने गरी गरिएको नेकपामा माथिको प्रतिबन्ध तत्काल फिर्ता लिन माग गर्दै गिरफ्तार गरिएका नेकपामा नेता कार्यकर्ता रिहा गर्न आग्रह गर्दछौँ । किनकी मुलुकले बिनास हैन बिकास खोजिरहेको छ ।