अरु त यस्तै हो मेरी आमालाई सम्झाई दिनु
प्रकासित मिति : २०७५ फाल्गुन ३०, बिहीबार २२:५१
प्रकासित समय : २२:५१
मर्छु होला केही दिनमा मलामी आईदिनु
अरु त यस्तै हो मेरी आमालाई सम्झाईदिनु
यो देह मृत शरीर खरानी पार्नु अघी
मुटु भने उनको हो न जलाई दिनु ।
भगवान म बिन्ती गर्छु अर्को जुनी पाएँ भने
जुनी त मान्छे कै दिनु मन पत्थर बनाई दिनु ।
अन्तिमसम्म भएपनी आउनु तिमी जसो गरी
बरु घुम्टै सम्झीउला कात्रो ल्याई ओढाई दिनु ।