विप्लव नेकपाको बन्दले देशभर जनजीवन प्रभावित
प्रकासित मिति : २०७५ फाल्गुन २९, बुधबार १४:४२
प्रकासित समय : १४:४२
विप्लव नेतृत्वको नेकपाले बिहीबार गरेको नेपाल बन्दले मुलुकभर जनजिवन प्रभावित भएको छ । बन्दले राजधानीसहित देशभर प्रभाव परेको हो ।
राजधानीमा अरुदिनको तुलनामा केही कम सवारी साधन चलेपनि बन्दकर्ता सडकमा देखिँदैनन् । तर, बिहानीसत्रको अधिकांश कलेज बन्द रहेका छन् ।
यस्तै बजार उद्योग तथा कलकारखानामा पनि बन्दको सामान्य प्रभाव देखिएको छ । चोकचोकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ ।