सीके राउतसँगको सम्झौता खारेजीको माग गदै राजधानीमा नेविसंघको प्रदर्शन

काठमाडौं– नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सीके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गरेको छ । नेविसंघले मंगलबार(आज) राजधानीका क्याम्पसहरु अगाडि प्रदर्शन गर्दै समझौता खारेजीको माग गरेको हो ।

सरकारले राउतसँग राष्ट्रघाती समझौता गरेको भन्दै नेविसंघले उक्त समझौता खारेजी नगरे कडा आन्दोलदन गर्ने चेतावनी दिएको छ । राजधानीका रत्नराज्य(आरआर), शंकरदेव, त्रिचन्द्र, पशुपति लगायतका क्यापसअगाडि नेविसंघले प्रदर्शन गरेको थियो । नेविसंघले आरआरअघिबाट निकालेको विरोध र्‍याली त्रिचन्द्र पुगेर कोणसभामा परिणत भएको थियो ।

नेविसंघले सम्झौताले राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको, देशलाई ट्क्राउनका लागि जनमत संग्रह गर्ने गरि सम्झौता गरेको भन्दै विरोध गरेको छ । प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्ताले सीके राउतलाई कारवाही गर्न समेत माग गरेका थिए ।