नेपालगञ्ज पुगेको राप्रपाको स्वाभिमान यात्रामा जे देखियो

 

राप्रपाले सुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा आज आइतबार नेपालगञ्ज पुगेको छ । नेपालगञ्जको त्रिभुवनचौकमा दिउसो २ बजे हुने सभालाई राप्रपा अध्यक्ष कमल थापाले गरेका छन । 

मेची–महाकाली स्वाभिमान यात्रा अन्तर्गत आइतबार नेपालगञ्जमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सहमतिमा अस्पष्ट, बिवादाष्पद शब्द उल्लेख गरिएको भन्दै सहमतिको मसी सुक्न नपाउँदै सिके राउतबाट अभिब्यक्त भएका धारणाले आशंका बढाएको टिप्पणी गरे ।

उनले स्वतन्त्र मधेसको एजेण्डाबारे सरकार र गृहमन्त्रीले भनेझै स्वतन्त्र मधेसको मुद्धाबारे निर्वाचनमा एजेण्डा राख्न दिने हो हो त्यो झनै राष्ट्रघाती भएको टिप्पणी गरे ।

जनअभिमतको नाममा राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई निर्वाचनको एजेण्डा राख्न नसकिने भन्दै उनले यो संविधान विपरित भएको दावी गरे ।