नेकपाका कार्यकर्ताद्धारा गाँउपालिकाको कार्यालय घेराउ
जाजरकोट,नेकपाका कार्यकर्ताले कुशे गाँउपालिकाको कार्यालय घेराउ गरेका छन ।आइतबार भार्मा स्स्थित गाँउपालिका कार्यालयमा गई गाँउपालिकामा योजना बितरण लगायत बितरीत योजनामा समेत मनोमानी भएको भन्दै घेराउ गरेका हुन ।
करिब ११ सय कार्यकर्ताको उपस्थीतिमा गरिएको घेराउ कार्यक्रम नेकपाका कार्यकर्ताले ज्ञापन पत्र समेत बुझाएका थिए । बिकासका सातौँ चरणका योजना बितरण गर्दा टोल बस्तीबाट माग भई वडाबाट समेत प्राथामिकता परेका योजनाहरु राजनितिक प्रतिशा्धका आधारमा वाइपास गरेको ।
सम्पन्न भएका योजनाहरुको बजेट समेयमै भुक्तानि नगरेको । कुशे गाँउपालिकालाई सुचनाको हकबाट बञ्चित गरेको । भन्दै ज्ञापन पत्र बुझाइएकाे छ ।
पत्रमा सरकारी मापदण्ड भन्दा बाहिरबाट जथाभावी डोजर प्रयोग गरेको । अभिभावकहरुको बिरुद्धमा ल्याइएको कुशे शिक्षा ऐन परिमार्जन गर्नु पर्ने लगाएतका माग रहेका छन ।
नेकपाका सयाैँ काैयकर्ताले कार्यलय घेराउ गर्दा गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेत पसिना पसिना भएकाे स्थानियले बताए ।स्थानियबासीले उनलाइ सबै प्रश्नकाे जावाफ दिन हैरान परेकाे जानकारी दिए ।
यस्ताे छ ज्ञापन पत्र