कमल थापा भन्छन – सिके राउतसंगको सम्झौता अस्पष्ट र बिवादास्पद

राप्रपाका अध्यक्ष कमल थापाले सिके राउतसंगकाे सम्झाैता अस्पष्ट र बिवादाष्पद भएकाे टिप्पणि गरेका छन । उनले सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतीमा अस्पष्ट भाषाको प्रयोग भएको बताएका हुन ।  

मेची–महाकाली स्वाभिमान यात्रा अन्तर्गत आइतबार नेपालगञ्जमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सहमतिमा अस्पष्ट, बिवादाष्पद शब्द उल्लेख गरिएको भन्दै सहमतिको मसी सुक्न नपाउँदै सिके राउतबाट अभिब्यक्त भएका धारणाले आशंका बढाएको टिप्पणी गरे ।

उनले स्वतन्त्र मधेसको एजेण्डाबारे सरकार र गृहमन्त्रीले भनेझै स्वतन्त्र मधेसको मुद्धाबारे निर्वाचनमा एजेण्डा राख्न दिने हो हो त्यो झनै राष्ट्रघाती भएको टिप्पणी गरे । जनअभिमतको नाममा राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई निर्वाचनको एजेण्डा राख्न नसकिने भन्दै उनले यो संविधान विपरित भएको दावी गरे ।

कार्यक्रममा राप्रपाका बरिष्ठ नेता दीपक बोहरा, बुद्धिमान तामाङ,आमसभामा राप्रपाका नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्शेर राणा, पुर्बमन्त्री प्रेमबहादुर भण्डारी, नेता सलाउद्धिन जसगर, लगायतले मन्तव्य राखेका थिए ।