बहुउद्धेश्यीय सभाहल कारकाँदोमै हुनुपर्छ – आचार्य

नेपालगञ्ज उद्योगी ब्यवसायी दामोदर आचार्यले प्रदर्शनीस्थल र सभाहल कारकाँदामै हुनुपर्ने बताएका छन । उनले सबैभन्दा उचित स्थान कारकाँदो भएकोले सभाहल पनि त्यहि बनाउनु पर्ने धारण राखेका हुन । एकप्रसंगमा संचारकर्मीसंग कुराकानी गर्दै आचार्यले याे बिषयलाइ मिडियाले पनि ब्यापकता बनाउनुपर्ने जिकिर गरे । 

स्थानिय तहकोे निर्वाचनको बेला नेपालगञ्ज उप –महानगरपालिकामा मेयरका रुपमा माओबादी केन्द्रबबाट निर्वाचन लडेका आर्चाय सभाहल र प्रदर्शनीस्थल कारकादौंमै निर्माण गर्नुपर्छ भन्ने बुझाई राख्छन । उनि भन्छन – सभागृह र प्रदर्शनीस्थलका लागि मेरो प्रयास अन्तिमसम्म हुन्छ ।

भवानियापुरमा विगतमा पञ्चायत प्रशिक्षण केन्द्र हाल स्थानीय विकास प्रशिक्षण केन्द्रको हविगत हेरेर पनि सभागृह निर्माण औचित्यहिन हुने बताए । तरकारी उत्पादनको पकेट क्षेत्र भएकाले शितभण्डार लगायत तरकारी उत्पादन सम्बन्धि लगानी गर्न उनले सुझाव दिएका छन् ।

कारकादौंमा एकहजार क्षमताको सभाहल र यसक्षेत्रको उत्पादनको चिनारी दिनेगरी पर्यटन विकासका लागि प्रदर्शनीस्थल निर्माण गर्ने सोच संघले दशकअघि ल्याएको उनको भनाई छ ।

यसरी पहल गरेका थिए आचार्यले

आचार्यकै पहलमा २०६४ भदौं ४ को मन्त्री परिषद बैठकले संघलाई ५ विघा सभाहल र ५ विघा प्रदर्शनीस्थल निर्माणका लागि भन्दै १० विघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । ३० बर्षका लागि संघलाई भोगाधिकार दिएको सरकारले २० बर्ष फेरी थप गर्ने निर्णय समेत सुरुमै गरेको थियाे । 

बिभिन्न सराेकारवाला निकायसंग पहल गरेका आचार्यले चिनिया र जापानी दुताबासमा समेत पहल गरेका थिए । पछि साउदी कोषले नेपालगञ्जमा लगानी गर्ने भएपछि कोषले ८५ प्रतिशत, संघले एक करोड अर्थात ५ प्रतिशत र नगरपालिकाले अढाई करोड अर्थात १० प्रतिशत लगानी गर्ने सहमति भएको थियो । तर अन्त्यमा कोषको सहयोग जुटेन । तर यसबीचमा आचार्य दोश्रो कार्यकाल अध्यक्षमा पराजित भएपछि सभाहल निर्माण कार्य ओझेलमा परेको ब्यवसायीको बुझाई छ ।

चर्चा यस्ताे छ बजारमा

नेपालगञ्जमा यतिबेला बहुउद्धेश्यीय सभाहल तथा प्रदर्शनीस्थल निर्माणको विषयले ब्यापकता पाएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघले प्रदर्शनीस्थल र सभाहल निर्माणका लागि भन्दै नेपालगञ्जमा महोत्सव संचालन गरिरहँदा क्रमशः सो स्थानमा सभाहल र प्रदर्शनी स्थल निर्माण हुने सम्भावना पनि न्यून हुँदै गएको चर्चा चल्ने गरेको छ ।

बाणिज्य संघले बर्षौदेखि सभाहलका लागि महोत्सव आयोजना गरिरहदा सरकारले भवानियापुरमा ४५ करोडको लागतमा सभाहल निर्माणको सुरुवात गरिसकेपछि कारकादौंमा सभाहल निर्माण हुनेमा आशंका गर्नेलाई बल पु¥याएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघमा दामोदर आचार्य अध्यक्ष हुँदा कारकादौंमा बहुउद्धेश्यीय सभाहल र प्रदर्शनी स्थल निर्माणको तयारी सुरु भएको हो ।