सांसद चौधरीलाई जन्मकैदको सजाय अराजनितिक भएको फोरमको तर्क

संघिय सामाजबादी फोरम, नेपालले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला प्रति ध्यानाकर्षन भएको बताएको छ । फाेरमले  फैसला गैरराजनितिक भएकाे भन्दै यसले समास्या झन जटिल हुने दावी गरेकाे छ । 

आज एक बिज्ञप्ती जारी गर्दै फोरम नेपालले भनेको छ । नेपाली समाजमा शताब्दियौँ देखि कायम रहेका जातीय, भाषिक, धार्मिक, लैङ्गिक, क्षेत्रीय र वर्गीय असमानता, शोषण,उत्पीडन र विभेदलाई अन्त्य गरी समानता, सामाजिक न्याय, समावेशी लोकतान्त्रिक प्रणाली, आ–आफ्नो जातीय÷राष्ट्रिय पहिचानको मान्यता सहितको संघीय शासन प्रणालीको स्थापनका लागि भइरहेको संघर्ष, आन्दोलनहरू पूर्णरुपले मुलुकको राष्ट्रिय राजनीतिक आन्दोलनहरू हुन ।

महासचिव रामसहाय प्रसाद यादवद्वारा लिखित बिज्ञप्तीमा भनिएकाे छ । यसको समाधानकानूनी रुपले नहुने भएको हुँदा राजनीतिक रुपले नै गरिनु पर्दछ । पश्चिम तराई÷मधेशमा भईरहेको थरुहट आन्दोलनपनि राजनीतिक आन्दोलनकै एउटा हिस्सा भएकोले यसको समाधान पनि राजनीतिक रुपले नै हुनु पर्नेमा हालै माननीय रेशमचौधरी लगायतहरू माथि सम्मानित कैलाली जिल्ला अदालतको फैसलामा उक्त आन्दोलनलाई अपराधीक कार्य भनि गरिएको प्रतिहाम्रो ध्यानाकर्षण भएको छ । यसबाट समस्याको समाधान नभई झन्जटिलता उत्पन्न हुने हुँदा नेपाल सरकारले उक्त राजनीतिक समस्याको समाधान कानूनी हैन राजनीतिक तवरबाट नै हल गरी समस्याको दीर्घकालिन समाधान गरिनु पर्दछ ।

जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको छ ।

हेर्नुस बिज्ञप्ती सहित