बिप्लव नेतृत्वको नेकपाद्वारा बझाङमा सांसद गिरफ्तार
बझाङ,बिप्लव नेतृत्वको नेकपा बझाङले सांसद देवकि मल्ललाई गिरफ्तार गरेको छ । सात नं प्रदेश साँसद देबकि मल्ललाइ बझाङमा बागथलाबीचबाट नेकपाका कार्यकर्ताले गिरफ्तार गरेका हुन । १५ /२० जनाकाे समुहमा अाएका विप्लवका कार्यकर्ताले सांसद मल्लाई जयपृथ्वी राजमार्गको बित्थड र बागथलाबीचबाट शुक्रबार दिउँसो अपहरण गरेका हुन् ।

अपहरणमा परेकी प्रदेश सभा सांसद देवकी मल्ल
नेकपाको भातृसंगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई गिरफ्तार गरिएको निर्मला पन्तको न्यायमा लापरवाहि गरिएकाे र सरकारले नेकपाका कार्यकर्ताहरूलाइ गरेको धरकपड लगायतका बिषयमा उनलाई नेकपाले कब्जामा लिएको बताईएको छ । सरकारले देखाएको ब्यवहारका बिरूद्ध गिरफ्तार गरिएको नेकपा बझाङले बताएको छ ।
नेकपा बझाङले मल्ललाइ आजै छोडने जानकारी दिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले समेत सांसद मल्लको गरिफ्तार भएको पुष्टि गरेका छन ।
मल्ल भन्छिन मलाई सरप्राइज दिइयो
उनका नातेदारका अनुसार आफु कार्यक्रममा हिडिरहेको बेला सरप्राइज दिएको सात नं प्रदेश सांसद देबकी मल्ले बताएकी छन । मल्लले १५ र २० जनाको अपरिचित समुह आएर छलफल गर्नु छ भनेर गिरफतार गरेको बताएकी हुन । उनले भरेसम्मा छोडने समेत जानकारी दिएकी छन । सांसद देवकी २०७४ कार्तिकमा भएको प्रदेश सभा निर्वाचनमा बझाङ ख बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन्।