नेपालगञ्जको बिकासमा कुनै कन्जुस्याई नभएको मेयर राणाको दावी
बाँके, नेपालगञ्ज नगरपालिकाका नगर प्रमुख डा.धवल शम्सेर राणाले नेपालगञ्जको बिकासका लागि आफुले कुनै कन्जुस्याइ नगरेको प्रष्ट पारका छन । उनले नेपालगञ्जको समग्र बिकासका लागि आफु दत्तचित्त भएर लागको बताए । मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख ब्यापारिक शहर बाँके जिल्लामा अवस्थित पश्चिम नेपालको द्धार भएकाले यस्को तिव्र रुपमा विकास भैरहेको समेत दावी गरे ।
नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियको गुनासो सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गुनासो सुन्ने जवाफदेहि निकायका रुपमा सरोकारवाला र स्थानिय सर्वसाधारण विच कार्यक्रम गरिएको थियो । कार्यक्रमका सहभागीले आफ्नो वडामा भएका विकास निर्माणका योजना, शिक्षा, उपभोक्ता समिति गठन, बाटो, पुल निर्माण, विजुलि बत्ति तथा नगरपालिकाले बनाएका कानुन कार्यान्वयनका विषयमा जिज्ञासा राखेका थिए ।
यहाँको पुरानो बजारको रुपमा एक्लैनीको अझै पनि विकास हुन नसकेको प्रति स्थानियले गुनासो गरेका थिए । त्यसै गरि प्रमुख बजारका रुपमा सदरलाईन, त्रिभुवन चौक, बि.पी.चौक, धम्बोजी चौक, घरबारी टोल तथा सुर्खेतरोडको पनि हुनुपर्ने जति विकाश नभएको प्रति गुनासो त्यहाँका स्थानियले गरेका थिए । यस्तै उनीहरुले नगरपालिकामा रहेका कृषि, महिला बालबालिका, पशु, शिक्षा, स्वास्थ्य शाखाले दिने सेवा, सुविधाका विषयमा पनि प्रश्नोत्तर गरेका थिए ।
यहाँका पर्यटकिय क्षेत्रहरु वाटरपार्क, बागेश्वरी तलाउ, रानी तलाउ, महेन्द्र पार्क तथा मिनी जु का बारेमा पनि डा.राणाले सम्बोधन गरेका थिए । विद्युतीय शवदाह निर्माणको अवस्था, गल्र्स कलेजको स्थापना गर्ने, फोहरमैला तथा विपद् व्यवस्थापन, सरसफाई तथा वातावरण संरक्षणमा विशेष पहल गर्ने, कैलाश मानसरोवर मन्दिर लगायत अन्य संरचना निर्माण गर्ने नगरपालिकाको योजना रहेको बताउदै राणाले नगरको भौतिक पूर्वाधार विकासँगै मावव स्वास्थ्य र फोहर व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको बताएका छन् ।
सहभागीले राखेको जिज्ञासाको जवाफ नगरप्रमुख डा.धवल शम्सेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकिय अधिकृत तथा विषयगत शाखा कार्यालयका प्रमुख लगायतले दिएका थिए । कार्यक्रमको सहजीकरण नमस्कार शाहले गरेको कार्यक्रममा ३ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रम बासको सहकार्यमा भएको थियो ।