घाइते छोरा भेट्न आएकी आमाले एकाएक छोराको शव देखिन…..

घाइते छोरा भेट्न आएकी आमाले एकाएक छोराको शव देख्दा कस्तो हुन्छ होला अबस्था कति पिडादायी हुन्छ परिबेश त्यस्तै पिडादायिक परिबेश निम्तिएकाे  छ । झन्डै ६५ बर्षकी मिठु घिमिरे  छाेराकाे मृत्युबारे बिहीबारसम्म पनि बेखबर थिइन् ।

उनलाई छोरा दुर्घटनामा घाइते भएको भनेर भेट्नका लागि आफन्तले काठमाडौं ल्याएका थिए । सायद उनी बस दुर्घटनामा घाइते भएको आफ्नो जेठो छोरा अर्जुनसँग के–के कुरा गर्छु भनेर मनमनै गम्दै काठमाडौ आएकी थिइन् होला । तर नियतीको खेल उनी छोरा भेट्न होइन श्रद्धाञ्जली दिनका लागि आएकी थिइन् ।

दिवंगत पर्यटनमन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको पनि ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । उनका बुवाको ६ महिनाअघि मात्रै मृत्यु भएको थियो । बाबुको मृत्युपछि छोराको सहारामा बाँचिरहेकी आमा रामेछापको उमाकुण्ड गाउँपालिका गुम्देलकी मिठुमाथि अहिले अर्को बज्रपात आइलागेको छ । 

छोरा हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको खबर अगाडि नै सुनाएर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं ल्याउन नसकिने भएपछि अर्जुनकी आमालाई दुर्घटनाबारे केही नबताइएको उनका आफन्तहरुले बताए । अर्जुनका बुवा उनका श्रीमान १० बर्ष निरन्तर विरामी भएर ६ महिनाअघि बितेका थिए ।