भारतलाई पाकिस्तानको जवाफः ‘वेट फर आवर सरप्राइज’

भारतले मंगलबार बिहान नियन्त्रण रेखा उल्लंघनको विषयमा पाकिस्तानका इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आइएरपीआर) का महानिर्देशक मेजर जनरल आसिफ घाफोरले मंगलबार बेलुकी पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

‘आज प्रधानमन्त्रीले सबैलाई प्रत्येक परिणामका लागि तयार हुन भनेका छन् । हामी तयार छौं । अब भारतले हाम्रो प्रतिक्रिया कुनुपर्ने समय आएको छ,’ उनले भने । ‘नागरिक सैन्य नेतृत्वले निर्णय गरेपछि कहिले र कहाँ प्रतिक्रिया दिने भन्ने कुराको निर्क्यौल हुन्छ,’ उनले भने ।b‘हामीले भारतबारे पर्दाफास गरिसकेका छौं र भारतले के चाहन्छ भनेर संसारलाई अवगत गराउन हामी पटक–पटक यस्तो गरिरहने छौं ।’

तत्काल प्रतिक्रियाः

महानिर्देशक आसिफले भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानस्थित जैश–ए–मोहम्मदको सबैभन्दा ठूलो तालिम केन्द्रमाथि हमला गरेको दाबीको खण्डन गर्दै आफ्नो पत्रकार सम्मेलन सुरु गरे । ‘उनीहरुले पाकिस्तानी वायुक्षेत्रमा २१ मिनेटसम्म रहेर तीन सय ५० चरमपन्थीको हत्या गरेको दाबी गरिरहेका छन् । उनीहरुले दोस्रो हमला मुज्जफराबादमा र तेस्रो चाकोथीमा गरिएको दाबी गरिरहेका छन् । ’

‘अल्लाह सबैभन्दा महान हुन् । हामीले यस्ता ठूला दाबी गर्नु हुँदैन । एकपटक आउ र पाकिस्तानी वायुक्षेत्रमा २१ मिनेट बिताएर त देखाउ,’ मेजर जनरल आसिफले चुनौती दिए ।

‘हाम्रा थल सैनिक आ–आफ्नो स्थानमा थिए । यदि उनीहरुले जमिनमार्फत् आक्रमण गरेको भए हामीले बुनेको योजना उनीहरुले नराम्रोसँग भोग्नु पर्दथ्यो,’ उनले भने ।

‘हिजो राती, हामीले हाम्रो रडार नियालिरहेका थियौं । उनीहरु हाम्रो सीमा नजिकै त आए तर पार भने गरेनन् । हिजो राती उनीहरुको पहिलो उडान सियाल्कोट र लाहोर सीमामा देखिएको थियो । उनीहरु सीमा नजिकै आइरहेको देखिएका थिए । हाम्रा कम्ब्याट एयर पट्रोल (सिएपी) ले उनीहरुलाई चुनौती दिएपछि सीमा पार भने गर्न सकेनन् ।’

‘उनीहरुको समूहको सबैभन्दा भारी किरन भ्यालीमार्फत् मुज्जफरबादतर्फ नजिकियो । जब हाम्रो तेस्रो सिएपी समूहले चुनौती दियो, उनीहरुले नियन्त्रण रेखा पार गरिसकेका थिए ।’

‘उनीहरु सीमामा आउनु, चुनौती दिनु र फर्किनका लागि चार मिनेटको समय लागेको थियो,’ महानिर्देशक आसिफले भने । ‘उनीहरुको सेनाले त्यस्तो केही पनि गरेन, यदि गरेको भएपनि हाम्रा सैनिक तयार थिए,’ उनले भने ।

‘वेट फर आवर सरप्राइज’

‘तपाईंहरु सबैले उनीहरुको पहिलो ‘सर्जिकल स्ट्राइक’ देख्नुभयो नि । मैले उनीहरु (भारत) लाई भनिसकेको छु कि तिमीहरुले हामीलाई कहिले पनि चकित पार्न सक्दैनौं । हामी कहिले पनि ‘सरप्राइज्ड’ भएनौं । हामी त्यसको लागि तयार थियौं, हामीले उनीहरुलाई यही भन्यौं,’ उनले भने ।

‘मैले उनीहरुलाई भने कि अब हामीले तिमीलाई चकित पार्नेछौं । अब हाम्रो सरप्राइजका लागि पर्ख । मैले उनीहरुलाई भनेँ कि हाम्रो प्रतिक्रिया फरक हुनेछ । हामी लोकतन्त्रवादी हौं । तिमीहरुले पुष्टि गरिसकेका छौ कि तिमीहरु लोकतन्त्रवादी होइनौं । तिमीहरुले शान्ति र स्थायित्वको परिणाम थाहा नपाएर युद्धको बाटो रोज्यौं । हामीले यो शान्तिका लागि ५० वर्ष लडिसकेका छौं ।’