भारतीय सेनाको विमानले पास्कितानी क्षेत्रमा खसाल्यो बिस्फोटक पदार्थ

हाम्रा वायुसेनाको प्रतिकारमा भारत भाग्यो : पाकिस्तान

भारतीय सेनाको लडाकु विमानले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर बिस्फोटक पदार्थ (पेलोड) खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

विदास्पत कश्मीरको नियन्त्रण रेखा पारेर गरेर भारतीय सेनाको विमानले बिस्फोटक पदार्थ खसालेको पाकिस्तानी सेनाको भनाई छ । घटनामा मानवीय क्षति भने नभएको पाकिस्तानी सेनाले जानकारी दिएको समाचार संस्था रोयटर्सको खबरमा उल्लेख छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेका छन्, ‘भारतीय सेनाको विमान मुजफराबाद क्षेत्रबाट प्रवेश गर्‍यो ।’

पाकिस्तान प्रशासित कश्मीरमा प्रवेश गरेको भारतीय सेनाको विमानको प्रतिकारमा पाकिस्तानी हवाई सेना तम्तयार रहेको देखेपछि पेलोड खसालेर भारतीय विमान फर्किएको मेजर जनरल गफूरले उल्लेख गरेका छन् ।

भारतीय सेनाको विमानले खसालेको पेलोड बालाकोट क्षेत्रमा खसेको उनले बताए । यसबाट कुनै क्षति भने नभएको पाकिस्तानी सेनाका प्रवक्ताले उल्लेख गरेका छन् । भारतीय सेनाले नियन्त्रण रेखा पार गरेर नियम उल्लंघन गरेको पाकिस्तानी सेनाले जनाएको छ ।

हाम्रा वायुसेनाको प्रतिकारमा भारत भाग्यो : पाकिस्तान

भारतीय सेना पाकिस्तानी भूमीमा प्रवेश गरेपछि पाकिस्तानले त्यसकाे प्रतिकार गरेकाे छ। भारतले पाकिस्तानको सीमा क्षेत्रमा पसे पछि पाकिस्तानी सेनाले उसलाई भगाएकाे हाे। उसले भारतीय वायुसेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबी छ। पाकिस्तानी सेनाका प्रवक्ताले भनेका छन् मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेका थिए।

त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको छ। सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल कारबाही भयो त्यसपछि उनीहरू भाग्न थाले।’ भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाएको पाकिस्तानी सेनाको दाबी छ। त्यो बम जंगलमा खसेको र त्यसमा कुनै मानविय क्षति नभएको पनि जनाइएकाे छ।

तस्बिर : मेजर जनरल आसिफ गफूरको ट्वीटर