दुर्घटनामा घाइते भएका सिडिओको निधन

सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ। उनको उपचारका क्रममा सोमबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा निधन भएकाे पारिवारिक स्राेतले जानकारी दिएकाे हाे ।

गत १२ माघमा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल र भट्टराई चढेको गाडी बाराको पथलैयामा ट्याक्टरसँग ठोक्किएको थियो । उनीहरु चढेकाे ना १ झ १६३३ नम्बरको गाडी दुर्घटना हुँदा एसपी पोखरेलको घटनास्थलमै निधन भएको थियो, भने भट्टराईलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।