एनसेलको कर छलि बिरूद्भ कोहलपुरमा युवा बिद्यार्थीको प्रदर्शन
प्रकासित मिति : २०७५ माघ २३, बुधबार ००:२८
प्रकासित समय : ००:२८
बाँके,कोहलपुर बिप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी र युवा संगठन नेपालले एनसेलले गरेको कर छलिका बिरूद्भ कोहलपुरमा बिरोध र्यालीको अायोजना गरेको छ । ७२ अर्ब रूपैयाँ कर छलि गरेको भन्दै एनसेल बिरूद्ध बिरोध प्रदर्शन गरेको हो ।
युवा संगठन र विद्यार्थी संगठन अखिल (क्रान्तकारी)ले संयुक्त रुपमा विरोध र्याली निकालेर कोणसभा समेत गरेको थियोे ।
कोण सभालाई अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा भेरी व्युरो संयोजक पुष्पराज न्यौपाने र युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा भेरी व्यरो संयोजक बिष्णु जिसीले संबोधन गरेका थिए ।
उनिहरूले एनसेललाई समयमै कर बुझाउन चेतावनी दिदै नबुझाए त्यसको परिणाम राम्रो नहुने बताएका थिए ।