कोहलपुर महोत्सवको काइदा हरदिन लफडैलफडा,‘गोरे’को गाडिमा तोडफोड,महासचिव बेहोस
बाँकेको कोहलपुरमा जारी पाँचौ कोहलपुर औद्योगिक व्यापार कृषि फुडफेष्टिभल तथा पर्यटन महोत्सव २०७५ मा हरदिन राती झडप हुने गरेको छ । महोत्सवभित्र संचालन गरिएको फुडफेष्टिभलमा हरेक दिन बेलुका ६ देखि १० बजेसम्म मधिरा सहितको दोहोरी साँझ कार्यक्रम संचालन हुँदै गर्दा उक्त कार्यक्रमलाइ सामान्यकरण गर्न नसक्दा झडप हुने गरेकाे हाे ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शुक्रबार राति महोत्सव भित्र सञ्चालन गरिएको फुडफेष्टिभलमा खटिएका सुरक्षा गार्ड माथि समेत कुटपिट हुने गरेकाे छ । शुक्रबार सुरक्षा गार्ड यन बहादुर बोगटीमाथी त कुटपिट समेत भयाे मदिरा खाएर नानाभाँति गर्न थालेपाछि सुरक्षा गार्ड सहजिकरण गर्न लाग्दा कुटाइ खाएकाे बताइएकाे छ ।
मदिरा सेवन गरेका युवाहरुको समुहले आफुमाथी हातपात गरेको सुरक्षा गार्ड बोगटीले जानकारी दिए । बोगटीलाई कुटपिट गर्ने तथा महोत्सवमा आपत्तिजनक हर्कत गर्ने १२ जना युवाहरुलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
‘गोरे’को गाडिमा तोडफोड
यसैबिच बा.१६ च ९६९७ नम्बरको गाडीमाथी तोडफोड गरिएको छ । महोत्सवको पार्किङमा राखिएको गाडीको सिसा तोडफोड गरिएको हो । तोडफोड गरिएको गाडी ‘गोरे’ नामबाट परिचित सन्तोष बुढाथोकीको भएको खुल्न आएको छ । गोरे युवा संघका केन्द्रिय सदस्य समेत हुन् । प्रहरीले गाडी तोडफोडमा संलग्न ब्यक्तिहरुको खोजी तिब्र पारेको जनाएको छ ।
महासचिव बेहोस
शनिबारको भिडभाडलाई शान्त बनाउन नसक्दा महोत्वस आयोजक समितिका महासचिब तेज प्रसाद अधिकारी बेहोस भएका थिए । उनि बेहोस भएपछि तत्काल कोहलपुर मेडिकल कलेजमा लिएर उपचार गराइएको थियो । अस्पतालको उपचार पछि उनको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ ।
सकेन सुरक्षा दिन प्रहरीले पनि
पाँचौ कोहलपुर औद्योगिक व्यापार कृषि फुडफेष्टिभल तथा पर्यटन महोत्सवमा हर दिन लफडा भैरहदाँ शान्ति सुरक्षाको लागि भन्दै अहोरात्र खटरिहेको प्रहरी समेत मुकदर्शक बनेको छ । महोत्सव स्थल भन्दा करिब २ सय मिटर अगाडि रहेको इलाका प्रहरी कार्यालयले छाडा साँढे जस्तै छोडिएकोे महोत्सवलाई प्रहरीले कन्ट्रोल र्गन छैन । हुदाँ हुदाँ दिनदाहाडै पसलहरु समेत चोरी हुने गरेको महोत्वसका ब्यवसायीहरुले गुनाशो गरेका छन ।