अखिल क्रान्तिकारीले महेन्द्र बहुमुखी क्याम्पसलाई बुझायो ध्यानाकर्षणपत्र
प्रकासित मिति : २०७५ माघ १८, शुक्रबार २१:१६
प्रकासित समय : २१:१६
बाँके,नेपालगञ्ज नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वकाे भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी महेन्द्र बहुमुखी इकाई समितिले क्याम्पस प्रमुखलाई ९ बुदे माग सहित ध्यानाकर्षण पत्र बुझाएको छ । क्रान्तिकारीले आफना बिभिन्न माग राख्दै क्याम्पसलाई ध्यानकर्षण पत्र बुझाएको हो ।
क्याम्पसले त्रिभुवन बिश्व बिद्यालयले तोके भन्दा बढि शुल्क लिएको , बिद्यार्थीहरुले पाउनुपर्ने छात्राबृती पारदर्शी ढंगले नपाएको , लाइबेरी समयमा खुल्नु पर्ने र निशुल्क हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको क्रान्तिकारीका महेन्द्र बहुमुखि क्यापस इकाइ समिति अध्यक्ष डिल्ली बहादुर डिसीले बताएका छन ।
डिसीले ४ दिन भित्र माग पूरा नभए तत्काल संघर्षका कार्यक्रम गर्ने घोषणा गर्ने समेत जानकारी दिएका छन ।
यस्ताे छ बिज्ञप्ति