गाउँपालिका केन्द्रका लागि स्थानीयबासीले गरे जग्गा दान

पडेक्षाचौर बन्ने भो मालामाल

कालिकोट,पचालझरना गाउपालिका केन्द्रका लागि स्थानीयबासीले जग्गा दान गरेका छन । पचालझरना गाउँपालिका वडा नं २, ३ र ४ का जग्गाधनीहरुले नि शुल्क रुपमा गाउँपालिकाको लागि  ४१००० एकचालीस हजार वर्गमिटर जग्गा दान गरेका हुन ।

केन्द्र निश्चित भएसंगै पचालझरना गाउँपालिकाको सेन्टर प्वाइन्ट औपचारिक रुपमा पडेक्षाचौर कायम भएको छ ।  केन्द्र जिल्लाकै एक नमूना बन्ने अपेक्षा समेत गरीएको छ ।

पडेक्षाचौरलाई जिल्लाकै नमुना केन्द्रका रूपमा बिकास गर्ने गाँउपालिका अध्यक्ष खडगराज सेजुवाल बिश्वप्रकाशले जानकारी दिए । अध्यक्ष सेजुवालले बिकासका कार्यक्रम समेत तयार भैसकेको बताए । 

यी हुन पडेक्षाचौरमा निर्माण हुने संरचना  

१ .जिल्लाकै नमूना रंगशाला  बन्ने छ । जसमा प्रत्यक्ष रुपमा तीनलाख बढी संख्या अट्ने र बिभिन्न खेलकुद खेल्न सकिने छ ।

२ .कुल ८०,०००० असीहजार बर्गमिटर वरीपोरी १५ मिटरको रिङरोड  र  बीचमा  ८ मिटरका तीनवटा  रोड  निर्माण ।  

३.जिल्लाकै नमूना र्इ प्र काको लागि समेत जग्गा ब्यवस्थापन ।

४ .१ कि मी नजिकै लाफागाड लघुजलविधुत आयोजना  हुने ।

५ .टाउन पलानिङ गरि रिङरोडमा एक एक वटा घडेरीहरु सम्पुर्ण जग्गाधनीहरुको नाममा दिने  ।