कोहलपुर महोत्सवलाई पहिलो गासमै ढुंगा,काँग्रेसले भन्यो महोत्सव हैन राजनिति हो
भब्य रुपमा सफल पार्ने उदेश्य सहित सुरु भएको कोहलपुर औद्योगिक व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन महोत्सव २०७५ लाई पहिलो गासमै ढुंगा साबित भएको छ ।
नेपाली काँग्रेसले उक्त महाेत्सवलाइ राजनिति भएको भन्दै आपति जनाएको छ । नेपाली काँग्रेस नगर कार्यसमिति काेहलपुरले काँग्रेस अस्तित्व बिहिन हुने गरि संचालन गरिएको भन्दै आपति जनाएको हो । काँग्रेस नगरकमिटि काेहलपुरले बल मिच्याइ गर्दै महाेत्सव जस्ता मनाेरन्जन र ब्यपारिक क्षेत्रहरूमा नेकपाले जबर्जस्त राजनिति गरेकाे भन्दै मेलामा सहभागिता नजनाउने समेत जानकारी दिएको छ ।
कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ बाँके कोहलपुरको संयुक्त आयोजनामा सुरु भएको ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन महोत्सव यहि २५ गतेसम्मा संचालन हुने बताइएको छ ।
‘कृषि वन तथा उद्योग र पर्यटनलाई प्रवद्र्वन गर्न स्थानिय तथा स्वदेशी उत्पादनलाई टेवा दिने लक्ष्यका साथ सम्बन्धित व्यवसायमा लागेका उद्योगि व्यापारीहरु र उपभोक्ताहरुलको पहुँचमा वृद्वि गराउने प्रमुख लक्ष्य रहेको आयोजक संस्थाले बताएको छ ।
माघ २५ गतेसम्म चल्ने महोत्सवको अवलोकन १ लाख ५० हजार भन्दा बढी मानिसहरुले गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सवबाट आम्दानी भएको रकमले उद्योग बाणिज्य संघले बहुउद्देश्यीय भवन निर्माण गर्ने र होटल व्यवसायी संघ बाँके कोहलपुरले भवन निर्माणको लागि जग्गा खरिदमा खर्च जनाएको छ । महोत्सवमा औद्योगिक उत्पादन तथा विविध वस्तु तथा सेवाहरुमा जम्मा २ सय ७५ स्टलहरु रहेका छन् ।
नपत्याए हेर्नुस बिज्ञप्ति