आफ्नै शिक्षकबाट छात्राबासमा बालिका बलात्कृत

शिक्षक पक्राउ

नेपालगञ्जमा एक १६ बर्षे विद्यार्थी आप्mनै शिक्षकबाट बलात्कृत भएको सार्वजनिक भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ बुलबुलियामा बाँके नेत्रहिन सङ्घद्वारा दृष्टि विहीन विद्यार्थीका लागि सञ्चालित छात्रावासमा बस्दै आएकी न्यून दृष्टि भएकी १६ बर्षिया किशोरी बलात्कारमा परेको सोमबार नेपालगञ्जमा नेत्रहिन महिला संघले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सोही छात्रावासमा बस्दै आएका र मंगलप्रसाद मावि नेपालगञ्जका स्रोत शिक्षक कन्हैयालाल थारुले २०७३ देखि २०७५ साउन सम्म पटक पटक जबरजस्ति करणी गर्दै आएको दावी गर्दै प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । किशोरीले मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी गरेपछि थारुलाई प्रहरीले पक्राउ गरेको छ ।