नेविसंघ जाजरकोटको अध्यक्षमा आचार्यको दावी
प्रकासित मिति : २०७५ पुस १४, शनिबार १४:०६
प्रकासित समय : १४:०६
नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ जाजरकोटको अध्यक्षमा तिलक आचार्यले दावी गरेका छन । अधिबिेशन नजिकिदै गर्दा आचार्यले नेबिसंघ जाजरकोटको नेतृत्वको दावी गरेका हुन ।
पुष १६ र १७ गते जाजरकोटमा हुन लागेको नेपाल बिद्यार्थी संघ जाजरकोटकोे १० औँ जिल्ला अबिधेशन नजिकिदै गर्दा उनले आफनो दावी पेश गरेका छन । आचार्यले आफु संगठनको लागि योग्य र सक्षम रहेको भन्दै अध्यक्षकाे दावी गरेको बताएका छन । उनले अबको जाजरकोटको बिद्यार्थी आन्दोलनलाई नयाँ ढंगले बिकास गर्ने समेत दावी गरेका छन । उनले अबको नेबिसंघको जाजरकोटको भबिश्य भएको बताएका छन
त्यस्तै काँग्रेस निकट स्रोतका अनुसार दावी गर्नेहरुमा अन्य ,धिरेन्द्र पुन,निराजन बिक्रम शाही र ललित बस्नेत समेत रहेका छन ।