कुशे गाउँपालिकाको भार्मामा पुग्यो बस

जनताले यसरी गरे स्वागत

कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको कुशे–६ भार्मामा आईतबार काँक्रेविहार यातायात ब्यवसायि समितिको गाडी पुगेको छ । सडक सञ्जाल भन्दा बाहीर रहेको गाउँपालिकाको प्रशासनिक केन्द्र भार्मामा बस पुगेपछि स्थानीयले गाडी र गाडी संचालकलाई फुलमाला र अवीर लगाएर भव्य स्वागत गरेका थिए ।

जुम्लाको सिमानसंग जोडिएको कुशे गाउँपालिकालाई सडक सञ्जालमा जोड्न कुनैवेला सुदुरभविश्यको कथा भएतापनि जनताले थाप्लोमा नुन बोकेर खाने दिनको अन्त्य भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । समृद्धीको पहिलो आधार गाउँपालिकाले सडक बिस्तारलाई लिएको बताउदै अध्यक्ष बस्नेतले गत आर्थिक बर्षमा गाउँपालिकाले साढी ४ करोडको बजेटमा एक लाख मिटर मोटरवाटो ट्रयाक खोल्न सफल भएको जानकारी दिए ।

ईच्छाशक्ति भयो भने, एकै बर्षमा धेरै काम गर्न सकिने वताउदै अध्यक्ष बस्नेतले भने–‘केन्द्रिय तथा जिल्लाको बजेटवाट खलंगा–पाँचकाटिया मोटरवाटो खन्ने कामको सुरुवात बर्षौं पहिला देखि गरेर अरबौंको बजेट खर्च गरिसकेको भएतापनि २२ किलो मिटरको दुरि रहेको खलंगा–पाँचकाटिया सडकमा राम्रोसंग जीप पनि संचालन हुने मोटरवाटो नहुनु दुखद पक्ष हो ।’

जुम्लाका सिमानासंग जोडिएका एक जमानामा निकै दुर्गम मानिएका कुशे गाउँपालिकाको टापुचौर, पैंकको छेरामा दैनिक गाडी संचालनमा आएर सुगममा परिणत हुदासम्म ब्यापारी केन्द्रका रुपमा रहेको चर्चित बजार पाँचकाटियामा बस पुग्न नसकेर हालसम्म दुर्गममै रहनुमा काम गर्ने तरिकालाई राज्यले बदल्नुपर्ने अध्यक्ष बस्नेतले बताए ।

काँक्रेविहार यातायात ब्यबसायिक समितिले कुशे गाउँपालिका–५ साँदीबिसाउ देखि नेपालगञ्जका लागि नियमित बस संचालनमा ल्याएको छ । दैनिक एउटा बस नेपालगञ्ज जाने र एउटा बस नेपालगञ्जवाट आउने गर्दा कुशे गाउँपालिकाका नागरिकलाई नेपालगञ्ज जान–आउन निकै सहज भएको वताईएको छ । गाडीमा यात्रा गर्ने यात्रुहरुको निकै भिड लाग्ने गरेको गाडी संचालकहरुले बताउदै आएका छन् ।

कुशे गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहेको पाँचकाटिया बस सेवावाट पछाडी पर्न थालेपछि आगामी बर्ष भित्रै कुशे गाउँपालिका–५ साँदीबिसाउँबाट बस सेवा संचालन गर्ने गरि मोटरवाटोको स्तर उन्नती गर्ने कुशे गाउँपालिकाको कार्यालयले जनाएको छ । प्रशासनिक केन्द्र भार्मामा बस पुगेपछि गाउँपालिकाले दिने सबै नागरिक सेवा अबदेखि गाउँपालिकाको प्रशासनिक केन्द्रवाटनै सुचारु गर्ने वताईएको छ ।