माेदिकाे झाेलि भित्र दरवारिया राष्ट्रवाद !

गणतान्त्रिक नेपालकाे सरकार यतिबेला नेपाली राजनिती काे लामाे संक्रमणकाल र यसले पैदा गरेका अराजकता,अन्याैलता ,अकर्मण्यता र गति हिनताकाे अन्त्य गर्दै समृद्धिकाे मार्ग चित्र सहित अगाडि बढ्दै गरेकाे बिषय स्पष्ट छ। बिगतमा झेल्नु परेकाे अर्धबार्षिक सरकार र बेथितिकाे अन्त्य गरि नीति,विधि र पद्धतिमा देश लाई हिडाउनुकाे साथै सबै दृष्टिकोणले असन्तुलित समाजमा सन्तुलन कायम गर्नु याे सरकारकाे पहिलाे दायित्व हाे।

यसकाे लागि सरकार संविधानले निर्दिष्ट गरे बमाेजिम कानुन निर्माणमा जुटेकाे छ । तर पनि जनताकाे अपेक्षा बढि र सरकारकाे कामकाे गतिमा केही अन्तरविराेध् पैदा भएकाछन्। यहि अन्तरबिराेधबाट नाजायज फाईदा उठाउने तत्वहरु सल्बलाईरहेकाछन्।

उदाहरण का लागि पुर्व राजाका पक्षधर पार्टि र समर्थकहरु “देश बचाउने राजा “भनेर मसिनाे स्वरले कराउदैछन्।उनिहरुको भनाईमा गणतन्त्र अाउनुले देश र समाज बर्बाद भयाे र राजतन्त्र मात्र यस्ताे अचुक हतियार जसले एकता र सर्बाङ्गि बिकास गर्छ।

उनिहरुकाे यति बेला प्रचारात्मक अान्दाेलन हाे,र कृयात्मक चरण भारतकाे निर्वाचन पछि सुरु हुनेछ ।   दरवारियाहरुकाे अाशा र कल्पना के छ भने,निकट भविष्यमा हुन गईरहेकाे निर्वाचनमा भारतिय जनता पार्टिले बहुमत ल्याउने छ।त्याे बहुमत पछि बन्ने सरकार ले नेपालमा हिन्दु अधिराज्य बनाउन दबाब दिनेछ र त्यसकाे संरक्षकमा राजा राख्नेछ। 

दाेश्राे-यदि दलहरुले मानेनन् भने मधेशका मुद्दा उठाएर  सि के रावतलाई ,पहाडमा हिन्दु धर्मका नाममा र केही समूह लाई संघियता काे विराेधमा र विप्लव लाई कथित दलाल हरुकाे बिरुद्ध मा अान्दाेलन गराईदिने छ वि जे पि ले ।चाैतर्फि अान्दाेलन पछि सरकार र ब्यबस्था असफल भएकाे हुनेछ र त्यहि जगमा विप्लव सहित भएर राजतन्त्र र हिन्दु अधिराज्य स्थापना हुनेछ। (याे कुरा विप्लव का केही जिम्मेवार नेताले गणतन्त्र  भन्दा राजतन्त्र ठिक भन्नू ले पनि जाेडन सकिन्छ।

तेस्रो -त्यहा पनि अन्तरास्ट्रिय सन्तुलन असजिलाे पारे संसद बिघटन गराएर नयाँ निर्वाचन गराउनेछ र त्यसमा नेपाली कांग्रेसलाई बहुमत पुर्याएर जिताउने छ । नेपाली कांग्रेस मार्फत सबै काम गराईदिने छ।यी तमाम् काम वि जे पि काे जिम्मा अनि राष्ट्रियता काे रक्षा राष्ट्र काे समृद्धि !यसकाे वाह्य तैयारिकाे लागि पुर्व राजा ज्ञानेन्द्र उत्तर दक्षिण त कहिले थाईलैण्ड त कहिले सिंगापुर दाैडाहा गरिसके।यसकाे अान्तरिक तयारि स्वरुप जहाँ कहि घट्ना घट्छन त्यहि घुसेर चर्काउने।

अब बुझ्न कठिन परेन कि भारत काे अर्काे शक्ति वि जे पि काे अाशिषवाद ले स्थापना हुने राज्य सत्ता राजा  कसरी राष्ट्रवादी हुन्छन्?(स्मरण रहाेस ०६२/०६३ काे जनयुद्ध र जनअान्दाेलन ताका वि जे पि ले सिमा क्षेत्रमा राजतन्त्रको पक्षमा अान्दाेलन चर्काएकाे थियाे।बैसाख ८गते अान्दाेलन राेक्ने मस्याैदा ल्याएर भारत बाट करण सिंह अाएका थिए।)स्वर्गि राजा विरेन्द्रले अलिकति राष्ट्रियता काे पक्षमा उभिनु ले उनिकाे बंशविनास भयाे। भने बैदेशिक शक्ति दरवार बाटै घुस्दथे भन्ने स्पष्ट हुदैन?घटनाक्रम अाफै साचिछन अंग्रेज लाई जंग बहादुर राणाले नेपाल भित्रयाए,त्रिभुवन ले भारत लाई नेपाल भित्रयाए।यति हुदा हुँदै पनि दरवार लाई राष्ट्रवादी देख्नु छट्टु स्याल ,चील कुखुरा काे टुक्का जस्तै हाे।

 अन्तमा विपक्षिहरुले अाफ्नाे गतिविधि जे गर्लान सरकार ले यसकाे क्रस याेजना बनाउनै पर्छ।देशमा निरन्तर हुने हत्याका वाडदात काे अन्त्य,र अपराधिलाई कानुनकाे कठघरामा ल्याउने,जनता काे राहातकाे कार्यक्रम ल्याउनु पर्छ,शरल शासन र चुस्त प्रशासन,जेष्ठ नागरिकलाई सम्मानजनक र अावश्यक्ता अनुसार भत्ता,कर्मचारिहरुमा सेवा अनुसार सुविधा र वृत्तिबिकासका अवसर प्रदान ,शिक्षा क्षेत्रमा ब्यापारिकरण र निजिकरण काे अन्त्य,भाैगाेलिक रुपले असन्तुलित ठाउमा बिकास निर्माण मा सन्तुलन मिलाउने।

राजनितिक रुपले देखापरेका समस्यालाई राजनितिक रुपले वार्ता द्वारा समाधान खाेज्ने।सबै क्षेत्रका बिकृति र बिसंगतिकाे याेजनावद्ध अन्त्य गर्ने लगाएतका प्रभावकारि काम गर्नु पर्छ।

अर्काे सरकार प्रमुख र पार्टि प्रमुखहरु कुनैपनि धार्मिक समुदाय र संस्थाका कार्यक्रममा शुभकामना लिखित दिने तर अाफै उपस्थित नहुने र बाेल्दा अलि गम्भीर हुनु पर्ने।यसकाे मतलव डिंगा काे जिउमा घाउ नलागि झिंगा बस्दैन भने झै डिंगाकाे जिउमा घाउ लाग्न नदिनु सरकारकाे काम हाे भन्दा फरक पर्ला र ?