एकै साथ ९ प्रहरी अख्तियारको फन्दामा

बालुवाको सेटिङ मिलाउन ठेकेदारसँग घुस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित ९ जना प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई जना असइ, तीन जना हवल्दार र जवान रहेका छन्।

पक्राउ पर्नेहरूमा महानगरीय प्रहरी प्रभाग काँडाकारीमा कार्यरत गोपाल श्रेष्ठ, जवान मुकेट पटेल लगायत रहेका छन्। मनहरा खोलाको बालुवा निकाल्नको लागि ठेकेदारहरू सँग घुस लिइरहेको अवस्था उनीहरूलाई नियन्त्रणमा लिएको आयोगका सहसचिव रामेश्व दंगालले बताए।

सहसचिव दंगालले भने,’ ठेकेदारसँग घुष लिइरहेको अवस्थामा प्रहरीलाई नियन्त्रमा लिएका हौं।’ उनीहरूको साथबाट आयोगको टोलीले १ लाख रुपैयाँ घुस रकम समेत फेला पारेको हो।