जब गहभरि आँशु पार्दै निर्मलाकी आमा दुर्गाले मण्डलामा मैनवत्ती बालिन्

कञ्चनपुरमा भएको बलात्कार र हत्याको विषयमा न्याय नपाएपछि काठमाडौं आएका निर्मला पन्तका बाबु र आमा बिहिबार साँझ माइतीघर मण्डलामा पुगे। उनीहरुसँगै केही न्यायको माग गर्दै मैनवत्ती बाल्न यहाँ आइपुगेका थिए। माइतीघर मण्डलामा उपस्थितहरुले मैनवत्ती बाले।

हत्याको ५० दिन पुगिसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन। देशव्यापी रुपमा न्यायका लागि दवाव दिनेक्रम बढेको बेला आज एउटा समूहले माइतीघरमा मैनवत्ती बालेको थियो।

आँखभरी आँशु टल्पल्याउँदै निर्मलाकी आमा दुर्गादेवी र बाबु यज्ञराजले पनि मैन सल्काए। आगामी शनिवार यहीँ न्यायका लागि प्रदर्शनको कार्यक्रम आयोजना हुँदैछ।