भदौ १ अघिका मुद्दामा पुरानै ऐन

सर्वोच्च अदालतको बुधबार बसेको फुलकोर्ट बैठकले भदौ १ अघिका मुद्दामा पुरानै मुलुकी ऐन र सम्बद्ध ऐनअनुसार फैसला गर्न समझदारी गरेको छ। समझादारीबाट सर्वोच्चसहित देशभरिका अदालतमा रहेको फौजदारी र देवानी प्रकृतिका झन्डै दुई लाख मुद्दाको फैसला विधि टुंगिएको हो।

समझदारीलाई बिहीबारै सबै अदालत र न्यायाधीकरणमा सर्कुलर गरिने भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। मुलुकी फैजदारी र देवानी संहिता लागु भएपछि पुराना मुद्दाको फैसला कसरी गर्ने भन्ने जटिलता देखिएको थियो।