निर्मला हत्या प्रकरणः झन रहस्यमय र सशंकित बन्दै !

छानबिनमा खटिएका उपसचिवले गरे जीवन रक्षाको माग

निर्मला पन्तको हत्याकाण्डमा उच्चस्तरीय छानविन समितिका एक जना सदस्यले रहस्यमय कुरा गर्दै दिएको राजीनामापछि घटना पनि रहस्यमय बनेको छ । काठमाडौंमा रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन् मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरेरै उच्चस्तरीय छानविन समितिबाट राजीनामा दिएपछि घटना रहस्यमय बनेको हो ।

पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका उनले आफुलाई निर्मलाको परिवारले न्याय नपाउने लागकोले नैतिक रुपमा समितिमा बसिरहन नसकेको बताए । उनले भने, मेरो उच्चस्तरीय छानविन समितिसँग कुनै असहमति होईन तर मैले निर्मला हत्याकाण्डमा खर्चेका दैनिक २० घण्टाका दरले १५ दिनमा आफुलाई उनको परिवारले न्याय नपाउने लाग्यो ।

तर, उनले अनुसन्धानमा रहेको त्रुटि, अपराधीको ठुलो सञ्जाल वा राजनीतिक पहुँचबारे बताउन चाहेनन् । मेरो एकल प्रयासले उनको परिवारले न्याय पाउँदैनन् ।  भन्ने लागेरै राजीनामा दिएको हुँ ।,

समितिबाट राजीनामा दिएका प्रदेश सातका आन्तरिक मामिला मन्त्रालयका उपसचिव केसीले छानबिनको क्रममा आफूले गरेका अनुसन्धानका कारण शक्तिशाली अपराधीबाट आफ्नो हत्या हुन सक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगलगायत संस्थासँग जीवन रक्षाको अपिल गरेको  बताए।

‘समय थप्दा एकातिर अभियुक्त थुनामा राख्ने म्याद सकिन्छ अर्कातिर डिएनए परीक्षणको रिपोर्ट पनि जटिल हुन्छ भन्ने मेरो कुरा हो, तर पनि समय थपियो,’ केसीले भने, ‘म्याद थप्दा दुर्घटना हुने र अपराधी उम्कन सक्ने कुरा बारम्बार राखे पनि त्यसको सुनुवाइ नभएपछि समितिबाट अलग भएँ।’

निर्मला र उनको परिवारलाई यस समितिमार्फत् न्याय दिन आफ्ना तर्फबाट असम्भव देखिएकाले समितिबाट अलग भएको उनले बताए। उनले समितिमा बसेर प्रतिवेदन तयार पार्दा झन् ठूलो सुरक्षा खतरा हुने देखिएकाले अलग भएको बताए। तर आफूलाई कोबाट सुरक्षा खतरा छ भन्ने खुलाएनन्।

सरकारले घटनाको अनुसन्धान गर्न आइतबार १५ दिन म्याद थप गरेको थियो। भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।