यसरी गरिंदै छ रुसमा ‘भोस्टोक सैन्य’ अभ्यास

तारेखसम्म जम्मा ५ दिन भोस्टोक सैन्य अभ्यास गर्ने भएको छ । यो अभ्यासमा आयोजक राष्ट्र रुसमात्र नभएर चीन, मंगोलिया र अन्य पनि जोडिने भएका छन् । सोभियत रुसछँदा गरिएको भन्दा ठूलो सैन्य अभ्यासका रुपमा यसलाई लिइएको छ । पश्चिमाहरुले यसले स्टालिनको पालाको संझना गराएको भनी टिप्पणी गरेका छन् भने रुस स्वयम्ले यसलाई सन् १९८१ मा रुसमा गरिएका सैन्य अभ्यासपछिकै सबैभन्दा ठूलो स्वीकार गरेको छ । यो सैन्य अभ्यासलाई १९८१ को जत्तिकै ठानिए पनि त्यसले रुस र अमेरिका बीचको शीत युद्धको स्मरण भने गराउँछ ।

रुसका रक्षा मन्त्री सेर्गेइ सोएगुका अनुसार यो समकालीन दुनियाँमा सबैभन्दा ठूलो सैन्य अभ्यास रहने छ । बताइएअनुसार यो सैन्य अभ्यासमा ३ लाख सैनिक प्रत्यक्ष सहभागी हुनेछन् । ३६ हजार ट्यांकहरु प्रयोगमा ल्याइने छन् भने एक हजार भन्दा बढी लडाकु जहाजहरु उक्त अभ्यासमा प्रयोग गरिने छन् ।

यसको औचित्यताको बारेमा पश्चिमाहरुका बीचमा निकै प्रश्न उठिरहेका छन् । विश्वमा व्यापार युद्ध चलिरहेको आजको अवस्थामा क्रेमलिनको सैन्य अभ्यास गर्ने घोषणाले पश्चिमा जगत तात्न पुगेको छ । यो तात्तातो वातावरणमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले थपेको ‘आक्रामक र अमित्रवत’ व्यवहार बढेको कारण भोस्टोक–२०१८ सैन्य अभ्यास गर्नुपरेको भन्ने कडा प्रतिक्रियाले उनीहरुलाई निकै झस्काएको छ । हाल रुसमा १० लाख सैन्य शक्ति रहेको छ ।

सन् १९८१ मा रुसमा गरिएको सैन्य अभ्यास नेटोका विरुद्धमा तयारीका लागि थियो । तर यस पटकको सैन्य अभ्यास कुनै मूक सैन्य गठबन्धन वा देशका विरुद्धमा लक्षित नभएको पनि बताइएको छ । तर पेश्कोभको भनाइमा अमेरिकाको दादागिरी र विश्व प्रभुत्वका विरुद्धमा रहेको बुझिन्छ ।

सोभियत रुस छँदा अमेरिकासँगको सैन्य शीतयुद्धको अवस्था थियो । तर अहिले व्यापारिक शितयुद्धको अवस्था सिर्जना हुन गएको छ । अमेरिकाले रुसमाथि नाकाबन्दी लगाएपछि रुसले आयोजना गरेको बोस्टोक सैन्य अभ्यासको महत्व रहन गएको विश्लेषकहरुको मत रहेको छ ।

पूर्व सोभियत संघको युरोपतिरको भागलाई १५ वटा गणराज्यमा विभाजित गरिदिएपछि रुस उसको विरोधी अमेरिका र युरोपसित निकै आक्रोशित छ । टुक्रिएका राज्यहरु फेरि एकताबद्ध गर्ने रुसको चाहना अझैं जीउँदै छ । रुसले यसै अभियान अन्तर्गत् क्रिमियालाई पुरानो घरमा भित्र्याइसकेको छ । यसपछि पश्चिमाहरु कुनै दिन अरु गणराज्यहरु पनि फर्कन सक्ने कुरालाई लिएर निकै चिन्तित भएका छन् । रुसको वर्तमान सबैभन्दा ठुलो सैन्य अभ्यास र त्यसको आकर्षण र प्रभावले विश्वमा नयाँ तरंग ल्याउने निश्चित छ ।