अमेरिकाले अाक्रमणको तानाबाना बुनेको उत्तर कोरियाको आरोप

उत्तर कोरियाले अमेरिकाले हस्तक्षेपको योजना बनाइरहेको आरोप लगाएको छ। उत्तर कोरियाली सञ्चारमाध्यमले शान्तिपूर्ण रूपमा वार्तामा बसेको अमेरिकाले आपराधिक षड्यन्त्रको तानाबाना बुनेर आक्रमण गर्ने तयारी गरिरहेको जनाएका छन्।

अमेरिकाले यदि अमेरिकाले यस्तो गरे त्यो उसको गम्भीर भूल हुने चेतावनी उत्तर कोरियाले दिएको छ। दक्षिण कोरियाको रेडियोले प्योङयाङमाथिको हस्तक्षेपको उद्देश्यका साथ अमेरिकी सेनाले जापानसँग मिलेर सैन्य अभ्यास गरिरहेको प्रसारण गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विदेशमन्त्री माइक पोम्पियोको प्योङयाङ भ्रमण रद्द गरेको भोलिपल्टै उत्तर कोरियाका तर्फबाट कडा टिप्पणी आएको हो। उत्तर कोरियाले सिंगापुर सहमतिअनुसार परमाणु निशस्त्रीकरणमा पर्याप्त काम नगरेको भन्दै उक्त भ्रमण रद्द गरिएको थियो।