महिलाहरुको शसक्तीकरणका लागि प्रशिक्षणत्मक तालिम

जाजरकाेट,जाजरकोटको नलगाड नगरपालीकामा महिलाहरुको शसक्तीकराणका लागि २ दिने तालिम सम्पन्न गरिएको छ । संबिधानमा उल्लेख भए बमोजिम महिला शसक्तीकरणका लागि जित स्मृति प्रतिष्ठानले उक्त प्रशिक्षण आयोजनामा गरेको हो ।

उक्त प्रशिक्षणमा नलगाड नगरपालिकाका बिभिन्न वडाबाट १ सय भन्दा बढी महिला प्रशिक्षार्थीहरुको उपस्थीती जनाएको जित स्मृति प्रतितष्ठानकी अध्यक्ष संगम पुन मगर सम्झनाले बताएकी छन । समाजिक हिसाबले पछाडि परिएका महिलालाई अगाडी ल्याउन, समाजमा रहेका विकृति विसङ्गतिका विरुद्ध लड्न र नेतृत्व विकास गर्नका लागि तालिम आयोजना गरेकोे प्रतिष्ठानकी अध्यक्ष संगम पुन मगर सम्झनाले बताइन ।

दुर्इ दिन सम्मा चलेकाे प्रशिक्षणमा महिलाहरू कसरी सामाजिक हिसाबले सुरक्षित हुने र गाउघर सुरक्षित राख्ने भन्ने बिषयमा प्रशिक्षणा दिइएकाे सम्झनकाे भनार्इ थियाे ।  सम्झनाले जित स्मृति प्रतिष्ठानले यस्ता समाजीक कामहरु निरन्तर रूपमा गर्दै आइरहेको समेत बताइन ।

जनयुद्धका उच्चतहका लडाकु कमाण्डरका रुपमा रहेका जित माओबादी जनयु्द्धका बेला बर्दियाको गणेशपुरमा शहिद भएका थिए । उनकै स्मृतिमा गठन भएको जित स्मृति प्रतिष्ठानले बिभिन्न क्षेत्रसंग सम्बन्धीत रहेर सामाजीक कामहरू गर्ने बताइएको छ ।