फेरि नेपाल आउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । उनी भदौ १४ र १५ गते काठमाडौंमा हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका हुन्। चौथो पटक हुने उक्त भ्रमण दुई दिने हुने जनाइएको छ ।

नेपाल भ्रमणका क्रममा उनले लुम्बनी र पोखराको समेत भ्रमण गर्ने बताइएको छ भने त्यसका लागि सरकारले आन्तरिक रुपमा तयारी थालेको छ ।  यसैबीच प्रम केपी आओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् ।

उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न पठाउन लागिएको जानकारी दिए ।

उनले मोदी नेपाल आउँदा व्यापार समस्याको बारेमा कुरा गरिनेपनि बताए । “विमस्टेकमा आउन लाग्नु भएका राष्ट्र प्रमुखहरुसँग सामूहिकरुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समाधानका लागि हामी कुरा गर्र्छौं ।