जन्मदै झरी परेको मान्ठ
समयका लप्काहरु बेलाबखत आएर नियतीसंग ठोकिन्छन । बिजुली चम्के जस्तै आउछन जान्छन कहिले रमाइला पल कहिला घतलाग्दा र बिस्मयकारी पल यस्तै यस्तै तरिकाले धानीरहेछु धन्न जिन्दगीलाई । अनेकाैँ उपमा दिएर थुप्रै उतारचडाबको सहित बगिरहेछ समयको गति र बगिरहेछु म ।
आमा मेरो जन्मदनि कहीले हो ? साउना मैना जन्मया होइ जिउला ठुलाखेत गोडना गयाइ थिँए । त्यही जन्याम्या होइ । आमाको यो उतर साउन लागेसंगै मन मस्तीष्कमा खेली रहन्छ । उसोत उमेरले तिन आजको दिनदेखि तिनदशकको पार गरीसेके । नबुझ हुँदा घरी घरी जन्मदीन सोधेर वाक्कदिक्क पारे हुँला जब कुरा बुझने भएदेखी आमालाइ यो प्रश्नाको बोझ फेरी गरीन ।
घरको चरम आर्थीक अभाबका कारण बुवा मुग्लान जानु भएको थियो रे म साउनमा जन्मकोे रेँ । आमा भन्नुहुनछ । तँ जन्म्या साल तेरा बाबा कालापहाड जानुभएको थियो । तँ जन्मेको दिन धन्नै म मरेकी थिइन । अन्टीले बचाइ हो जति भए पनि दुखको बेला आफन्तै काम लाग्छन ।
साउनमासो झरी जिउला कोही मान्छे थिएनन । धान गोडन गयाइथियाँ ब्यथा लाग्यो वर घर आउन सकीन एकजना संग तेरी अन्टीलाई रैवार पठाए अन्टी आँउदा तो जन्मीसकेको थिइ अन्टीले तेरो हेरबिचार गरेकी हो । कमता दुख पाकी हुँ र ? तँ अभागी छस । दुख बडी पाँउछस । जन्मदै दुख पाएको होस । आमाको मुखबाट जन्मदीन सोधेपछि आउने उतर यहि हो ।
घरको दोस्रो सन्तानको रुपमा साउनमा मेरो धर्तिमा उदय भयो । हुनत अहिले पनि मेरो जन्मदिन ठयाक्कै थाह छैन । नागरीकता र सार्टीफिर्केटहरुमा साउन १८ को औपचारीकता निभाएको छु । बुवा मुग्लान गएको कारण बुवालाई महिना थाह भए पनि गतेबार एकिन हुने कुरै भएन । गाँउ घर नगरी काम नपुग्ने खाना अभावमा गजल्टीएको मेरो घर परीवारको पिडा समय जस्तै ठिरगिं उभिरहयो ।
अस्ति भर्खरजस्तो लाग्छ, हलहलहल गर्दै काखमा राखेर मामा खुवाएको ।
तातेताते गराउँदै बाबा मााम भन्ने शब्द बोल्न सिकाएको । आफ्नै न्यानो काखमा राखेर न्यानो बनाएको । छातीमा चिसो घुस्छ भन्दै चुला पारी रापमा सेकिदिएको । छाती घ्यार(घ्यार भएर निमोनिया हुनबाट बचाएको मृत्युको मुखबाट बचाएको । कति बिरामी भएँ दुखी भएँ मलाई थाह छैन अहिले जो शुखी र खुशी जिन्दगी पाइरहेको छु कृत्रिम जस्तो । यो कसैको देन हो भन्ने मानसीक्ता हठ भैसकेको छ । यो हुनुको दोष मेरो हो या नियतीको अनबिज्ञ छु ।
पहिलो दशक
सबै भन्दा बहुमूल्य क्षण जिवनको पहिलो दशक नै हुँदो रहेछ । जो अधिकार स्वतन्त्रताको हिसाबले पनि बडो मजाको हुन्छ । घरमा होओस या नहोवस बुवा आमासंग होओस या नहोओस तर जिद्धी गरेर भए पनि आफनो माग पुरा हुनै पर्ने । रोइ कराई आफना इच्छा पुरा हुनै पर्ने र आमा बुवाले पनि ज्यान फालेर उपलब्ध गराउनै पर्ने । अज्ञानतामा समय कयौँ कुर बनेर बित्यो बाल्यकालमा आफनो परिश्रमको भरमा उभिएको घरपरिबारको बिरासत त्यती कमजोर भएन ।
गाउँको गरिब परिवारमा जन्मेका कारण मेरा निम्ति जीवन कठिन र चुनौतिपूर्ण हुनु अस्वभाबिक पनि थिएन । सम्पत्तिका नाममा एउटा लौनो भैँसी,र गाई केही कुखुराका भालेपोथी (चल्ला) र एउटा ककुर । अनि एक हल मेलो भएको मकैबारी र धेरथोर खेतबारी । गरिब परिवार भन्नुको प्रमाण यिनै हुन । एउटा पानी पिउने अम्खोरा भने पित्तलको र थाली काँचको र बाँकी सबै स्टीलका भाँडाहरु यत्रतत्र छरीएका हुन्थ्ये । परिवारको प्रतिष्ठा बढाउने यी भाडा र गाइ भैँसीहरु अहिले सम्मा आमा बुवाले पाल्न छोडनु भएको छैन । अहिलेसम्म कालो ओदान र प्वाल परेको तयो चुलाको आडमा उभिएकै छ । जस्तो म उभिएको छु । संयोगबस म जन्मेको मैना जन्मीएको एउटा मुसे नामकोे गोरु म घर भेटघाटमा गएको बेला मर्यो आमा हिक्की हिक्की रुनु भएको ।
गोरु मरेकोमा त्यसरी किन रुनु भयो मलाई थाह छैन । तर घरमा त्यो गोरु जोत्ने भैसकेपछि कहिल्यै आपत बिपत परेन सियो फलेको थियो भन्ने भनाइ थियो । त्यो गोरुलाई आमाले औधी माया गर्नु हुन्थयो रे योर तप्त संगैका हुन भनेर सम्झनु हुन्थ्यो रे । म घरम नहुँदा आमाले मलाई सम्झने माध्याम हो रे त्यो गोरु तर मैले पनि माया गर्थे किनकी अरु गोरु भन्दा फरक लाग्थ्यो ।
जिवनको दोस्रो दशक
सबैभन्दा बिर्सनै नसकिने दशक हो दोस्रो दशक १२ बर्षको उमेर देखी शुरु भएको महाभारतीय यात्राले कर्मठ भएर बाँच्न मात्रै सिकाएन । अनेकन कस्टहरु सामु निर्धक्क सतिसाल जस्तै उभिन सिकायो जिन्दगीका बास्तविक्ताहरु पहिल्याउन सिकायो । आज पनि सम्झन्छु । ति प्रहरहरु कति दुशाहसमय थिए । बुझेर या नबुझेर चालिएका कदमहरु कति जायज थिए या नजायज समय समिक्षा गर्ने बेला आइसकेको छैन । छाडा साँडे जस्तै छितरीएर सिँगाउरी खेलीरहेको सामाजका सामु आफनो भन्ने गरेँ या गरीन घरपरीबारको लागी या देशको लागी फेरीएका सासका नलिहरु कति स्वच्छन्द हुन सके सामान्ती प्रथाका नियतीहरु कति बदलिन सके म आफै पनि कति बदलिएँ या छेपारो जस्तै रंग फेर्न सिपालु भएँ मलाइ थाह छैन । पढाईका एकहद इच्छाहरुलाई जबरजस्त ब्यबस्थापन गरेपनि सोचे जस्तो बिषय र सोचेको ठाँउमा पढन पाउन अर्को जुनीको किँबदन्ती सिवाय अरु केही भएन ।
मनु थपिएकी छन त्यसपछि…….
जिवनको दोस्रो दशकको मध्यान्तर तिर उनको आगमण भएको हो । उनको आगमण पनि जिवनको महत्वपुर्ण सिकाई नै भयो । जिन्दगीले धेरै कुरा मनुबाट सिक्ने अबसर जुर्याएको छ । समयले जिम्मेवार बनाएको छ । अब मनुसंगै ममित र अमित थपिएका छन जिन्दगी एकबाट तिनमा रुपान्तरण भएको छ । यसोत अब जिम्मेबार अभिभाकत्वको भुमिका निर्वाहा गर्नुछ । जसै अल्लारे योवन पार भएको छ । मनु बेला बेला भन्छिन अबत यसरी जिन्दगी चल्दैन केहि नयाँ सोच्नु पर्छ ।
उसोत म हरदिन हररात नयाँ कुरा सोच्दैमा बिताएको उनलाई कसरी थाह होस पनि त कसरी किनकी परिणम नयाँ नआएपछि न हो थाह पाउने उहि र उस्तै परिणममा घसारीरहेको नियती बोकीरहेछु निरन्तर । यसोत मनुका पनि जिवनका आफनै हिसाबकिताबहरु छन । उनि एक गतिशिल नारी हुन बलियो हिक्मत, शाहसीलो स्वभाव,कहिल्यै यथास्थीतीमा रमाउदिनन उनि अर्थात मेरी मनु, उनको जिवनको आगमनले जिउन निक्कै सहज भएको अनुभुती हुन्छ ।
तेस्रो दशकको ओरालो
सन्तान हुनुको नाताले बवा आमाका कन्चन सपनाहरु कति बिथोलेँ छोरो हुनु र बन्नुको यर्थाथतापरक धर्मलाई कति हद सम्मा पुरा गरेँ । जिवनको उर्जावान समयलाई कति ब्यबस्थापन गरेँ । मलाई थाह छैन । थुप्रै प्रश्नहरुको चाँगमुनी निदाइरहेको छु । नियतीले ओरालो लागेको मृगलाई सरि लखेटीरहेको छ । पीडाको अग्लो सगरमाथा उक्लिँदा उक्लिँदै कतिं होचिएँछु झैँ लागीरहेछ । एकबारको जिन्दगीमाा दुःखका सुमेरु पर्बतहरुमा कति लडें, पिडाका महासागरहरुमा कति चिप्लिएँ, गनी साध्य छैन ।। तर मानवाकृती भने जस्ताको तस्तै बचाएको छु ।
आज १८ गते हो क्यार
बिहानै एकतमासले साउने झरी परीरहेको छ । त्यो भन्दा भदौरे झरी मन भित्र परीरहेको छ । समय बदलिएको छ । आमाको लागी एउटा धोती समेत किन्न नसक्ने हैसीयत बनाएको सुपुत्र काठमाडौँको ब्यस्त शहरमा आफनो आपनत्व बेचीरहेको छ । छोरो हुनुको बास्तबीकता बुझाउन सकेको छैन । र अनुभुती दिन नसकेकामा झन ठुलो आँधीबेहरी चलिरहेको छ । सदाझैँ आधुनीक कारागारको यात्रा ६ बजेदेखी राती १० बजे सम्मा पुरा गर्नुपर्नेछ । कहिल्यै सोचीन जागीर गरेर जिबन ब्यतीथ गरुला र अर्काको स्वामित्वमा आफनो स्वतन्त्रता पुन्य गरुला ? यो मेरो भोगाई मेरो बाध्यता हो या रहर जान्न मन छ ।
एकछन सबथोक भुलेर …………….।