गृहमन्त्रीसँग प्रश्न साेध्न नपाएपछि कांग्रेसले गर्‍यो संसद बहिष्कार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । कञ्चनपुरकी निर्मला पन्दको बलात्कापछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सभामुखले प्रश्नउत्तर नराखेको भन्दै कांग्रेस सांसदहरुले बिरोध जनाएका हुन् । गृहमन्त्री थापाले सदनमा उठेका प्रश्नहरुको जवाफ दिएलगत्ते प्रश्नोत्तरको माग कांग्रेसले गरेको भएपनि सभामुख कृष्णबहादुर महाराले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समय उपलव्ध गराएका थिए ।

उनको सम्बोधन पछि सभामुखले विषयगत समितिहरुमा रहने सांसदहरुको नाम पढेर सुनाए । सभामुखले अर्को दिन प्रश्न गर्ने समय दिने भन्दै आज बसेर संसदको कारवाही अगाडि बढाएर सहयोग गर्न कांग्रेसलाई आग्रह गरेका थिए तर कांग्रेसका सांसदहरुले त्यसलाई मानेनन् ।

सभामुखले कांग्रेस सांसदहरुलाई बस्न आग्रह गर्दै अर्थमन्त्री युवराज खतिवडालाई विमा विधेयक पेश गर्न समय दिए । तर कांग्रेसका सांसदहरुले आफूहरुको माग नसुनेको र विराधकाबीच सदन सञ्चालन गरिरहेको भन्दै बैठक चलिरहेकै बेलामा बाहिरिएका थिए ।