१३ वर्षिय बालिकालाई बन्धक बनाएर बलत्कार गरेको आरोपमा एक जना युवक पक्राउ

 जाजरकोट सदरमुकामको एक होटलमा दुई दिनसम्म बन्धक बनाएर १३ वर्षिया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । स्थानिय एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा भेरी नगरपालिका ४ वोहराका ३३ वर्षिय सविन चन्दलाइ प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न सोहि ठाउँका रुपक चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोवाइल, पैसा र घडी दिन्छु भन्दै सुरुमा फकाउदै र पछि नमानेपछि मारिदिने धम्की दिएर स्थानीय होटेलमा लिएर दुई दिनसम्म जवरजस्ती करणी गरेको भन्दै पिडित वालिकाका अभिभावकले प्रहरीमा मंगलवार दिएको लिखित जाहेरीका आधारमा चन्दलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले वताए । उनले जवरजस्ती करणीका आरोपी चन्दलाइ जर्वजस्ती करणी सम्बन्धी मुद्धा चलाउने प्रक्रिया सुरु गरिसकिएको वताए ।

घटनामा ती बालिकासंगै उनकी सानी आमा नाता पर्ने १५ वर्षिय अर्की बालिकालाइ पनि जवरजस्ती करणी गरेको आरोप लागेका सोहि ठाउँका रुपक चन्दको व्यापक खोजी भइरहेको प्रहरी निरीक्षक सुनारले वताए । होटेलको कोठामा जवरजस्ती करणी गरिएकी १३ वर्षिया बालिकाको अभिभावकले दिएको जाहेरीका आधारमा एक जना पक्राउ परिसकेको र अर्का एक जनाको खोजी भइरहेको प्रहरी निरीक्षक सुनारले वताए ।

यता पिडित बालिकाका अभिभावकहरुले भने बलत्कारी विरुद्ध मुद्धा नचलाउन स्थानीय नेता, केहि जनप्रतिनिधि र केहि पहुचवाला व्यक्तिहरुले दवाव दिइरहेको वताएका छन् । अन्टीको पढाइका लागि बस्ने कोठा खोज्न खलंगा आएकी आफुलाइ साउन ७ गते राति खलंगा बजारको शान्तिचौतारा स्थित एक होटेलमा वस्ने कोठा खोजिदिने भन्दै दुइ दिनसम्म जवरजस्ती करणी गरेको पिडित बालिकाले वताइन् ।

सुरुमा लोभ र पछि धम्की दिएर आफुलाइ जवरजस्ती गरेको पिडित बालिकाको भनाइ छ । १३ वर्षिया वालिकाले पैसा, मोवाइ र घडीको लोभ तथा धम्की दिएर आफुलाइ दुइ दिनसम्म जवरजस्ती करणी गरेको र १५ वर्षिया बालिकाले भने बिबाह गर्छु भन्दै रुपक चन्दले जवरजस्ती गरेको वताइन् । ९ कक्षामा पढ्दै गरेकी ती बालिका आमाकी बहिनीसंग बजारमा आएको वेला पिडक सवीन र रुपकले होटेलको कोठामा लिएको पिडित बालिकाहरुले प्रहरी समक्ष वताएकी छिन् । पिडित बालिकाका अभिभावकहरुले आफुलाइ चारैतिरवाट मुद्धा नदिन र मिलापत्र गर्न दवाव आइरहेको र आफ्नी पिडित छोरीहरुको न्यायको लागि भने कसैले साथ नदिएको गुनासो गरेका छन् ।

घरवाट निस्किएकी छोरी दुइ दिनसम्म नआएपछि प्रहरीलाइ खवर गरेको र प्रहरीले खोज्दै जाने क्रममा होटेलको कोठामा छोरीहरु बलात्कृत अवस्थामा भेटिएको पिडित बालिकाका वुवाको भनाइ छ । आफ्नी नाबालिका छोरी माथि बलत्कार गर्ने अपराधीलाइ जसरी पनि कारवाही हुनु पर्ने भन्दै प्रहरीमा उजुरी गर्न जाँदा विभिन्न खालका प्रलोभन र धम्की दिएर मुद्धा नदिइ मिलापत्र गर्न विभिन्न व्यक्तिहरुले दवाव दिएको बालिकाका वुवाले गुनासो गरे ।

आफुले जन्माएकी छोरीलाइ होटेलको कोठामा थुनेर बलत्कार गरिएको छ, यस्तो अवस्थामा समाजका गन्यमान्य व्यक्तिहरुले कुरा मिलाउ भनिरहेका छन्, अव म के गरौं ? उनले आक्रोशित हुँदै भने । उनका अनुसार मुद्धा लेखन र उजुरीका क्रममा धेरै व्यक्तिहरुले मुद्धा नदिन दवाव दिएको वताए । उनले आफ्नी छोरीलाइ न्याय दिने भन्दा अपराधीलाइ वचाउन धेरै व्यक्तिहरु लागि परेको भन्दै दुखेसो गरेका छन् । अर्की पिडित १५ वर्षिया बालिकाकी आमाले छोरीको लागि मुद्धा लड्न धेरै पैसा लाग्ने भन्दै आफुलाइ मुद्धा नदिन दवाव दिएको वताइन् ।