नेकपाका दुर्इ पोलिटब्यूरो सदस्य धमला र कार्कीलाई यसरी पक्राउ गरी वेपत्ता पारियो

प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दुई जना पोलिटब्यूरो सदस्यलाई अपहरणको शैलीमा गिरफ्तार गरी वेपत्ता बनाएको छ । नेकपाका पोलिटब्यूरो सदस्य कृष्ण धमला गम्भीर र मोहन कार्की जीवन्तलाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरेको हो । सार्वजनिक बसमा चढेर काठमाडौं आउँदै गरेका धमला र कार्कीलाई प्रहरीले नागढुंगामा बसबाट झारेर लगेको थियो ।

त्यसपछि उनीहरुलाई कहाँ लगियो भन्ने कुनै जानकारी दिइएको छैन । प्रहरीले दुबै नेताका घरपरिवारका सदस्यलाई समेत कुनै जानकारी दिएको छैन । जिल्ला प्रहरी कार्यालय काठमाडौंले उनीहरुलाई पक्राउ नगरेको बताएको छ । तर, प्रहरीका केही अधिकारीले भने नाम नभन्ने शर्तमा उनीहरु दुबै जनालाई काठमाडौंको बालाजु गोलढुंगा प्रहरी चौकीमा राखिएको जानकारी दिएका छन् ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीले कार्की र धमलालाई तत्काल रिहा गर्न माग गरेको छ । प्रहरीले उनीहरुलाई विना कारण पक्राउ गरी वेपत्ता बनाइएको भन्दै त्यसप्रति नेकपाले आपत्ती समेत जनाएको छ । त्यसैगरी नेता कार्की र धमलाका परिवारले उनीहरुलार्इ खाेजि गरिदिन मानव अधिकार अायाेगसहितका अधिकारकर्मी, पत्रकार र नागरिक समाजलार्इ अाग्रह गरेका छन् ।