कर्णाली चिनाउन भिटोफ नेपालको सदस्यमा उम्मेदवारी

यी हुन भिटोफ नेपालका कान्छा उम्मेदवार

समग्र कर्णालीको पहिचान र कर्णाली बिकासका लागि भन्दै कर्णाली पर्यटन तथा रारा बचाउ अभियान्ता देबिकृष्ण रोकायाले गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको आगामी साउन १५ गते हुने चुनावमा उम्मेदवारी दिएका छन । 

कर्णालीका यूवा पर्यटन व्यवसायि रोकायाले सदस्य पदमा उम्मेद्धारी दिएका हुन् । रोकायाले हरेक नेपालीलाई कर्णाली र पश्चिम नेपालका पर्यटकिय गन्तव्य चिनाउने उद्देश्यका साथ आफ्नो उम्मेद्धारी दिएको बताएका छन् ।

 पश्चिम नेपालमा रहेका पर्यटकिय क्षेत्र र गाउँहरुलाई चिनाउनु नै मेरो पहिलो कार्यभार हो रोकायाले भने मैले कर्णाली प्रदेश र ७ नं। प्रदेशमा भिटोफ नेपालको संगठन विस्तारका साथै दुवै प्रदेशका सरोकारवाला निकायसंग समन्वय गरी एक प्रदेश एक नमुना गाउँ वनाउन पहल गर्नेछु ।

रोकायाले आफुले समग्र पश्चिम क्षेत्रको प्रतिनिधित्व गरेको भन्दै भिटोफ नेपाललाई समावेसी बनाउनका लागी सम्पूण भिटोफ नेपालका मतदाताहरुलाई आफ्नो अमुल्य मत दिएर विजयी गराईदिनहुन समेत अनुरोध गरेका छन् । कर्णाली प्रदेश,मुगु जिल्लाको रारामा जन्मिएका रोकाया विगत लामो समय देखि कर्णाली र पश्चिम क्षेत्रको पर्यटन विकासमा लागिपरेका एक जुझारु पर्यटन अभियान्ता हुन् ।

रोकाया रारा बचाऊ अभियानका अभियान्ता, रारा पर्यटन विकास समितिका अध्यक्ष, रारा एडभेन्चर प्रा।लि। का प्रवन्ध निर्देशक, रारा मुर्मा होमस्टेका संचालकका साथै नेपाल पर्यटन व्यवसायी संगठनको कर्णाली प्रदेश संयोजक समेत रहेका छन् । रोकाया भिटोफ नेपालको सदस्यमा उम्मेद्वारी दिने सबैभन्दा कान्छा उम्मेद्धार हुन् ।