डा. गोविन्द केसीलार्इ चिकित्सा आयोगको अध्यक्ष बन्न प्रधानमन्त्री ओलीको अनुरोध

सरकारी जागिर खाएर राजनिति नगर्न अाग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीलाई चिकित्सा आयोगको अध्यक्ष बन्न सुझाव दिएका छन । सोमवार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अनसन छोडेर जिम्मेवारी लिन आग्रह गरेका हुन ।

आफ्नो आग्रह डा केसीले नमान्ने पनि बताए । प्रधानमन्त्रीले भने , डा.केसी समस्या समाधानका लागि नभई समस्या जटिल बनाउन लागिपरेको जिकिर गरे उनले अनेक बहानामा राजनिती गरेको आरोप लगाए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खोज्दा लिन नदिएको समेत बताए । सत्याग्रहमाथि प्रश्न उठाउदै उनले भने, सरकारी चिकित्सकले हेर्न नपाउने, जाँच गर्न नपाउने यो कस्तो सत्याग्रह हो ?

आफू निकट चिकित्सकहरूलाई मात्र परीक्षण गर्न दिने अरूलाई बहिस्कार गर्ने त्यस्तो सत्याग्रह हुनसक्दैन प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले सरकारको जागिर खाएर सडकमा उत्रिएका चिकित्सकहरूप्रति आक्रोश पोख्दै भने, पढाउने कुरा भोली पढाउछु भन्न मिल्छ, तर अप्रेसन भोली गर्छु भन्न पाइन्छ सरकारले तिरेको राजश्वबाट तलब खाने, सरकारी आवासमा बस्ने अनि अमानवीयता प्रदर्शन गर्ने यस्तो ब्यवहार मानवता विरोधी रहेको बताए।