जाजरकोट सदरमुकामको सडक पहिरोले भत्काएपछि यात्रुहरु पैदल हिड्न बाध्य

जाजरकेाट खंलगा सदरमुकामकाे सडक पहिराेले भत्किदा यात्रुहरू अप्ठयाराेमा परेका छन । पहिराेका कारण  यातायातका साधनहरु चल्न नसकेपछि यात्रुहरु पैदल हिड्न बाध्य भएका छन् ।

शान्तिचौतारा बसपार्क नजिकै रहेको खहरेकोलामा मोटरसाईकलनै आवत–जावत गर्न नसक्ने गरि सोमबार बिहानको पानीले सडक भत्किए पछि यात्रुलार्इ मर्का परेकाे हाे ।  जिल्ला प्रहरी कार्यालय जाजरकाेटले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाम खलंगाको मुख्य बजारका रुपमा रहेको ठाँटी नजिकको सडक भत्किएपछि मोटरसाईकल बाहेकका अन्य कुनै पनि सवारी साधन चल्न नसक्ने अबस्था भएको छ । त्यसैगरि खलंगा–पाँचकाटिया सडक पनि पुरै अबरुद्ध भएको छ ।

तीन महिनाको लागि भाँडामा लिएको स्क्यावेटरको समयबधी एक महिना बितिसकेको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले जानकारी दिए । एक महिनाको समयमा उक्त स्क्यावेटरले वडा नं. १ को कालेगाउँ, २ को रिसाङ–तातोपानी, ४ को फुलवारी, कारागार रोड, ५ र ६ को बोहरा, छिप्रेना नेटीबजार रोड र वडा नं. ८, ९ र १० को भुर–स्याउली रोडमा माथिवाट आएको सलाईट फाल्ने काम गरेको प्रमुख प्रशासकीय अधिकृत बेलबासेले वताए ।

जिल्ला सदरमुकाम खलंगा र खलंगा–पाँचकाटिया सडकलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले हेरिरहेको हुदा उक्त सडकको भत्किएका संरचना नगरपालिकाको बिपद ब्यबस्थापन कोषवाट बन्न नसक्ने नगरपालिकाका प्राविधिकहरुको भनाई रहेको छ । अबरुद्ध सडकहरुलाई तत्काल सुचारु गर्नलाई सडक डिभिजन कार्यालय रुकुम चौरजहारीले नै गर्नु पर्ने सदरमुकामबासीले माग राखिरहेका छन् ।