मोदी विरुद्ध अविश्वास प्रस्तावमा ११ घण्टा बहस

नयाँदिल्ली– नरेन्द्र मोदी सरकार विरुद्ध विपक्षीले सदनमा पेश गरेको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । ११ घण्टा लामो बहस पछि सरकार विरुद्धको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

प्रस्तावको पक्षमा १ सय २६ मत र विपक्षमा ३ सय २५ मत खसेको थियो । ५ सय ३४ सासंद रहेको भारतीय लोकसभामा बहुमतका लागि २ सय ६८ मतको आवश्यकता भएपनि सरकारको पक्षमा ३ सय २५ मत खसेको हो ।

तेलगु देशम पार्टीका नेता जयदेव गल्लाले पेश गरेको प्रस्तावलाई आम आदमी पार्टी, कंग्रेस आई , समाजवादी पार्टी , तृणमुल कंग्रेस लगायता पार्टीले समर्थन गरेका थिए ।

सन् २०१९ को लोकसभा निर्वाचन अघि एनडिए गठबन्धन सरकारले सदनमा बहुमत प्रदर्शन गर्दै विपक्षी भन्दा बलियो रहेको प्रमाणित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।