जाजरकोटको जुनीचाँदेमा पहिरोले पुरिएर दुईको मृत्यु, तीन घाईते

जुनीचाँदे गाउँपालिका–६ छिर्कमा गए राती माथिवाट आएको पहिरोले आधा घर पुरिएपछि दुई जनाको मृत्यु भएको छ भने, तीन जना घाईते भएका छन् । पहिरोमा पुरिएर अन्य पशुचौपाएको पनि क्षेति भएको छ ।

गए रातीको अबिरल बर्षामा माथिवाट आएको पहिरोले जुनीचाँदे गाउँपालिका–६ छिर्कका ६१ बर्षिय भक्तबहादुर बुढाको घर पुरिएर आधा भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बुढाकी ५५ बर्षिय श्रीमति ललि बुढा र ९ बर्षिय नातिनी श्रृजना वुढा पहिरोले पुरिएर मृत अबस्थामा फेला परेको प्रहरी कार्यालय जाजरकोटले वताएको छ ।

६१ बर्षिय भक्तबहादुर बुढालाई पहिरोमा पुरिएकै अबस्थामा तत्काल उद्धार गर्न सफल भएको प्रहरी कार्यालयले जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । घाईते अबस्थामा उद्धार गरिका बुढाको ढाँड, छाती र टाउकोमा चोट लागेता पनि बोल्न सक्ने अबस्थामा रहेको प्रहरीको विज्ञप्तीमा भनिएको छ–‘बुढाकी ७ बर्षिय नातिनी खिमा बुढा भाग्ने क्रममा पेटमा भित्री चोट लागेर गम्भिर घाईते भएकी छन् भने, १३ बर्षिय नाती पारस बुढा सामान्य घाईते भएका छन् ।’ घाईतेहरुको उपचारका लागि जाजरकोट अबस्तालमा पठाईएको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएर भत्किएको घरमा एक गाईको बाच्छा, एक बाख्रा र १५–२० वटा कुखुराहरु मृत अबस्थामा फेला परेका छन् भने, २ वटा बाच्छा जिवित अबस्थामै उद्धार गरिएको छ ।