इङ्ल्याण्डलाई हराउदै क्रोएशिया पहिलो पटक विश्वकप फाइनलमा

सकियो इंग्ल्यान्डको यात्रा

२८ वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर रुसमा जारी विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ। क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २-० गोल अन्तरले पराजित गरेको हो। यसअघि क्रोएसिया सन् १९९० मा सेमिफाइनलमा पुगेको थियो। क्रोएसिया विश्वकपको फाइनलमा भने पहिलोपटक पुगेको हो।

क्रोएसियाले यसअघि विश्वकप जितेको बलियो टिम मानिने इंग्ल्यान्डको विश्वकप २०१८ को यात्रामा पूर्णविराम लगाउँदै आफ्नो यात्रा अगाडि बढाएको हो। रसियामा सम्पन्न इङ्ल्याण्ड र क्रोएशियाबिचको खेलमा इङ्ल्याण्ड क्रोएशियासँग २-१ ले निराश भएको छ। २-१ को जितसँगै क्रोएशिया विश्वकप फाइनलमा पुग्न सफल भएको छ। विश्वकप उपाधिका लागि क्रोएशियाले फ्रान्ससँग भिडन्त गर्नेछ।

खेलको १०९ औं मिनेटमा म्यान्डुजिकले गोल गरेपछि क्रोएशियाले विश्वकपमा सहभागी भएको २० वर्षमा नै आफूलाई फाइनलमा पुर्‍याउन सफल भएको हो। क्रोएशिया सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागी भएको थियो। सो विश्वकपमा नेदरल्याण्डलाई तेश्रो स्थानमा सिमित भएको उसले त्यसयता ५ वटा विश्वकप खेलिसकेको छ। सो ५ गोल गरेका डाभोर सुकरले सर्वाधिक गोलकर्ताका रूपमा गोल्डेन बुट जितेका थिए।

सो विश्वकपमा फ्रान्ससँग २-१ ले पराजीत भएपछि त्यतिबेला ‘डार्क हर्स’को उपाधि पाएको क्रोएशिया फाइनल पुग्न सकेको थिए। अब २० वर्षपछि क्रोएशियाले फ्रान्ससँग सो पराजयको बदला लिने सुनौलो अवसर समेत पाएको छ।

आज भएको खेलमा इङ्ल्याण्डले पाँचौ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता लिएको थियो। इङ्ल्याण्डका लागि पहिलो गोल ट्रिपियरबाट भएको थियो। एक गोलले पछाडी परेपछि दबाबमा परेको क्रोएशियाले खेलको ६८ औं मिनेटमा गोल फर्काउँदै आफ्नो विश्वकप फाइनल यात्रा जिवित राख्न सफल भयो।पेरिसिकले सो बराबरी गोल गरेका थिए।

बराबरी गोलपछि उत्साहित बनेको क्रोएशियाले इङ्ल्याण्डको पोस्टमा केहि खतरनाक प्रहार गरेको थियो तर ती प्रहारहरू गोलमा परिणत भने हुन सकेन र खेल अतिरिक्त समयमा धकेलिएको थियो।