किन बेलाबेला यस्तो हर्कत गर्छन् पूर्वयुवराज पारस शाह ?

यही महिनामात्रै पूर्वयुवराज पारस शाहका विभिन्न कमजोरी र गल्ती बाहिर आएका छन् । उनी सुध्रिन थालेको बताइए पनि सार्वजनिक ठाउँमा उनले हर्कत देखाउन छाडेका छैनन् । बाबु पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउनका लागि नेपालगञ्ज जाँदै गर्दा उनको हर्कत देखिएको थियो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’, पूर्वमहानिरीक्षक हेमबहादुर सिंहका छोरा गेरु बस्त्रधारी प्रभञ्जन सिंहसँगै बाबु ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउन नेपालगञ्जतिर लाग्ने क्रममा भैरहवामा देखिएका थिए उनी ।

उनले नागरिक तथा पत्रकार भेटघाटका क्रममा सार्वजनिक कानुनको खिल्ली उडाए । अर्थात्, सार्वजनिक कार्यक्रममा चुरोटका तीन खिल्ली उडाए । कुलतबाट जीवनको लयमा फर्किरहेका र परिवारसँग पनि राम्रो सम्बन्ध बनाउन थालेका पारसको यो हर्कतले उनको आनीबानीका पूर्ण सुधार नआएको प्रस्ट देखाउँछ ।

कपाल पालेका पारस रातो बस्त्रमा देखिएका थिए । साधुको भेषमा राजाको वकालत गर्दै हिँडेका पारस यस अघि धेरै पटक चरेश काण्डमा परिसकेका छन् । यहाँसम्मकी थाइल्यान्डमा उनी चरेश काण्डमै पक्राउ परेका कारण छुटाउन पत्नी हिमानी शाहसम्म पुगेकी थिइन् । अहिले हिमानी र पारसको सम्बन्ध सुधारोन्मुख बताइए पनि एक साथ बस्ने गरेका छैनन् ।

राजतन्त्रको सक्रियता बढेका बेला विभिन्न उदण्डताका कारणले नै पारस आलोचित थिए । झैझगडा र लफडामा फँसिरहने पारस पछिललो पटक कांग्रेस नेत्री सुजाता कोइरालाका विवादीत बंगलादेशी ज्वाँई रुबेल चौधरीसँग चितवनमा भएको झगडाका कारण झनै विवादमा फँसेका थिए ।