प्रहरी प्रभाग बलम्बुले खुला कविता प्रतियोगिता गर्ने

 काठमाडौं ,यही असार २९ गते भानु जयन्तिको अवसरमा महानगरीय प्रहरी प्रभाग वलम्वुले चेतनामुलक खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ । कार्यक्रममा काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलको प्रमुख अतिथित्यमा खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितमा कविताको शिर्षक,नागरीक प्रहरी सम्वन्ध र लागु औषध दुव्र्र्यसनी रहेको छ ।  यो प्रतियोगिताले समाजमा हुने गरेको विभिन्न अपराधिक गतिविधिलाई अन्त गर्न सहयोग पुग्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बलम्बु प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक शर्मिला गुरुङले जानकारी दिइन ।

उक्त प्रतियोगितामा सर्वसाधारणहरुले पनि भाग लिन पाउने व्यवस्था गरिएको छ । प्रतियोगिहरु मध्येबाट प्रथम,द्धितिय र तृतियहुनेलाई क्रमश रु २० हजार,१५ हजार र १० नगद र सान्त्वनालाई रु ५ हजार पुरस्कार पाउने जनाएको छ ।