फेरी भारत सिमाको रुपैडिहामा नेपाली युवक लुटिए

नेपालगन्ज,भारतबाट मजदुरी गरेर घर फर्किने क्रममा एक नेपाली युवक नेपाल भारत सिमाको रुपैडिहामा लुटिएका छन् । भारतको गुजरातबाट मजदुरी गरेर घर फर्किने क्रममा रोल्पाका अर्जुन न्यौपाने बिहीबार रुपैडिहामा लुटिएका हुन् ।

उनीलाई रुपैडिहा स्थित रामजानकी मन्दिर नजीकबाट ईलाका प्रहरी कार्यालाय जमुनाहाले उद्धार गरि उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा पु¥याएको थियो । प्रहरीले उनलाई अर्धचेत अबस्थामा फेला पारेको थियो ।

प्रहरीका अनुसार न्यौपानेले आफु सँग नगद ६ हजार, साथमा रहेको झोला र झोलामा रहेका सबै लत्ताकपडा लुटिएको बताएका छन् । उनीलाई उपचार पश्चात आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।