नेकपाका पोलिट्ब्यूरो सदस्य रणवीर सुन्धाराबाट गिरफ्तार

नेपाल कम्यनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’लाई प्रहरीले गिरफ्तार गरेको छ । रणवीरलाई प्रहरीले शनिबार काठमाडौँको सुन्धाराबाट गिरफ्तार गरेको हो ।

नेकपा निकट जनगणतान्त्रिक सम्पर्क समाजले आयोजना गरेका धु्रवीकरण कार्यक्रम सहभागी भएर फर्कदै गर्दा नेता रणवीरलाई प्रहरीले गिरफ्तार गरेको नेकपाले बताएको छ ।

कार्यक्रमबाटै अर्का पोलिट्ब्यूरो सदस्य पदम राई, पार्टीका सल्लाहकार समितिका अध्यक्ष इश्वरी दाहाल, केन्द्रीय सदस्य मकर गुरुङसहित चार दर्जन नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो ।