कोरियामा आयोजित अनलाईन मुक्तक प्रतियोगिताको नतिजा सार्वजनिक

नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले १ महिना अगाडि देखि राखेको विश्वब्यापी अनलाईन मुक्तक प्रतियोगिताकाे नतिजा शुक्रबार सार्वजनिक गरेको छ । प्रतियोगितामा ३८७  जनाको तोकिएको शिर्षकमा (देशप्रेम,माया प्रेम र विकृति बिसंगति )१/१ गरि प्रत्येकको ३ वटा मुक्तकको दरले ११६१ मुक्तक प्राप्त भएको संस्थाका पुर्व अध्यक्ष सन्तोष अम्गाईले जानकारी दिएका छन ।

मुक्तक प्रतियाेगीताकाे नतिजा काेरिया शाखाले शुक्रबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेशबुक मार्फत सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा सयौं प्रतिस्पर्धीलाई पछि पार्दै दाङका कपिल मणी प्रथम , रुकुमका जिएम दिपु दिपेन्द्र द्धितिय , भाेजपुरकि सुनिता सापकोटा तृतीय र डडेलधुराका तरल तेज सान्त्वना भएका छन् ।

“बिगत लामाे समयदेखि नेपाली साहित्य र त्यसको संरक्षणमा लागि परेको हाम्रो शाखाले याे भन्दा अगाडि पनि थुप्रै उदाहरणीय कामहरु गरिसकेकाे छ ।  हामीहरु कसरी हुन्छ नेपाली साहित्यकाे उत्थानका लागि सधैं लागि परिरहने छाैँ ” संस्थाका निवर्तमान अध्यक्ष सन्ताेष अम्गाईले भने “अब म याे संस्थामा नरहेपनि मेराे भुमिका अहिले जत्तिकै हुनेछ सबै साथीभाईलाई धन्यवाद दिन चाहान्छु” ।

निस्पक्ष तथा उत्कृष्ट नतिजाको लागि कोडिंग मार्फत निर्णायक मण्डलमा मुक्तकहरु पठाईएको थियो संस्थाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी बताए । यसैगरि सहभागि सबै सबै सर्जक मुक्तककारहरुमा हार्दिक आभार ब्यक्त गर्दै विजेता हुनुहुने मुक्तककारहरुमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै नेपाली मुक्तकको विकाश र उत्थान मा यो प्रतियोगिताले महत्वपुर्ण टेवा पुर्याउने विश्वास अध्यक्ष रामचन्द्र शर्माले ब्यक्त गरे ।

प्रतियोगिताको प्रमुख निर्णायकमा प्राज्ञ तथा बरिष्ठ मुक्तककार वियोगी बुढाथोकी र नेपाल मुक्तक प्रतिष्ठानका महासचिव बरिष्ठ मुक्तककार रमेश पौडेल रहेका थिए । विजयी भएका मुक्तककारहरुलाई केहि समयभित्रै काठमाडौंमा एक भब्य कार्यक्रमका बिच पुरस्कार बितरण तथा सम्मान गरिने कुरा संस्थाका महासचिव भोजराज घोडासैनी ले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरूस्कार दश हजार , द्धितिय अाठ हजार , तृतीय  पाँच हजार र सान्त्वना हुनेले तीन हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।